मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ

: कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। यसअघिको निर्वाचन समिति भंग गर्दै अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिले निर्वाचनसम्बन्धी कार्यविधि/निर्देशिका तय गरी निर्वाचन सम्पन्न गर्नेछ।




महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरिएको हो। सोमबारको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमाथि सोमबारदेखि छलफल जारी छ।


काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि बन्द सत्र जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
: नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो। एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ...
: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्। उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबार ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रहरीले बाराको पिलुवा–कलैया सडकखण्डस्थित बडहर्वाबाट मंगलबार दुई सय चार केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का २४ वर्षीय निशानबहादुर सिन्चुरी रहेका छन्। मनहरीबाट कलैयातर्फ जाँदै गरेको बिएसी २३४३ नम्बरको भारतीय नम्बरको पिकअप जिप जाँच गर्ने क्रममा प्रहरीले जितपुरसिमरा-१८ स्थित सडकबाट दुई सय चार केजी गाँजा बरामद गरेको हो। इलाका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम