मुख्य समाचार
कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच विभिन्न चरणमा वार्ता जारी
कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच विभिन्न चरणमा वार्ता जारी

: नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ। जारी विशेष महाधिवेशनसँगै उत्पन्न संकट समाधानको प्रयास स्वरूप विशेष महाधिवेशन पक्षधरको तर्फबाट सभापति शेरबहादुर देउवा पक्षसँग औपचारिक वार्ता गर्न ४ सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहेका छन्।




दुवै पक्षबीच छिट्टै वार्ता गरेर सहमतिको बिन्दु खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने प्रयास गरिने जनाइएको छ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँड, मीन विश्वकर्मालगायत नेताहरु सक्रिय भएका छन्। गएराति र बिहान पनि विभिन्न चरणमा नेताहरुबिच छलफल चलिरहेको बताइएको छ। ‍विशेष महाधिवेशनलाई मान्यता नदिएपनि विशेष महाधिवेशन पक्षधरका खास माग के-के हुन् लिखित रुपमा नै पेश गर्न संस्थापन पक्षले आग्रह गरिरहेको छ।


‘हामीले पार्टीलाई फुटबाट जोगाउन महामन्त्रीहरूलाई बोलाएर उहाँहरूका कुरा के छन् सोध्नुप‍र्‍यो, बुझ्नुप‍र्‍यो भन्यौं। पार्टीमा सबै किसिमका संवाद हुनुपर्‍यो र पार्टीलाई एकढिक्का राख्नुप‍र्‍यो भनेका छौं। त्यसका लागि लचकता अपनाउनुप‍र्‍यो भनेका छौं।’ विश्वकर्माले सभापति देउवाले भनेको विषयमा भने, ‘हामीले कुरा राख्दा म छलफल वार्तामा बस्न कहिले तयार छैन ? महामन्त्रीहरूलाई केही दिन अगाडि पनि भेट्न चाहेको थिएँ। आउनुभएन। पार्टीलाई फुटमा लैजान हुन्न। मिलाउनुपर्छ कांग्रेस सबैको पार्टी हो। यहाँ सबैका असन्तुष्टि पोख्न मैले रोकेको छैन। तर, पार्टी फुटाउन लाग्ने हैन, भन्नुभयो।’



महामन्त्रीद्वय र संस्थापन पक्षबीच पनि आजै छलफल हुने स्रोतको भनाई छ।

महामन्त्रीद्वयको पहलमा जारी विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट सुरु हुने र नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने कार्यतालिका सार्वजनिक भएपश्चात कांग्रेस संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई बोलाइएको जानकारी दिए।

विशेष महाधिवेशनबाट नेतृत्व टुंगिने प्रक्रिया अलमल हुँदा पार्टी विभाजनतिर जाने सन्त्रास छाएको छ। त्यही कारण विशेष महाधिवेशन लम्बिएको छ भने पार्टीले केन्द्रीय समिति बैठकसमेत मंगलबारलाई बोलाएको छ। यसअघि विभाजनको चोट भोगिसकेको कांग्रेस अब फेरि त्यही दिशामा जान थाले पनि अपजसको भारी बोक्न भने संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवै तयार छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
: नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो। एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ...
: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्। उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबार ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रहरीले बाराको पिलुवा–कलैया सडकखण्डस्थित बडहर्वाबाट मंगलबार दुई सय चार केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का २४ वर्षीय निशानबहादुर सिन्चुरी रहेका छन्। मनहरीबाट कलैयातर्फ जाँदै गरेको बिएसी २३४३ नम्बरको भारतीय नम्बरको पिकअप जिप जाँच गर्ने क्रममा प्रहरीले जितपुरसिमरा-१८ स्थित सडकबाट दुई सय चार केजी गाँजा बरामद गरेको हो। इलाका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम