मुख्य समाचार
राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताए
राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताए

: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरू छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका हुन्।




अहिलेसम्मको सबै घटनाक्रमले,सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए । उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको,अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।


नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न,नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत,समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरूलाई दिने कर्तव्य आफूहरूको भएको उनले बताए। अध्यक्ष लिङ्देनले आगामी चुनावका लागि इमान्दारीका साथ मेहतन गर्दै निर्वाचनरूपी आन्दोलनमा होमिन अपिल समेत गरे।



त्यस्तै राप्रपाका नेता कमल थापाले जेनजीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । थापाले सनातन हिन्दू राष्ट्र,संवैधानिक राज संस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली कायमका लागि निरन्तर सडक र सदनबाट दबाब दिने धारणा राखे।

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए। 'यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई ...
: मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइरालासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष कोइरालासहित सोही वडा कार्यालयका तत्कालीन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक ...
: नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो। एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर ...
: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन्। उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबार ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रहरीले बाराको पिलुवा–कलैया सडकखण्डस्थित बडहर्वाबाट मंगलबार दुई सय चार केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का २४ वर्षीय निशानबहादुर सिन्चुरी रहेका छन्। मनहरीबाट कलैयातर्फ जाँदै गरेको बिएसी २३४३ नम्बरको भारतीय नम्बरको पिकअप जिप जाँच गर्ने क्रममा प्रहरीले जितपुरसिमरा-१८ स्थित सडकबाट दुई सय चार केजी गाँजा बरामद गरेको हो। इलाका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम