: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार सम्बन्ध राख्ने देशहरू विरुद्ध २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन्, 'इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँगको सबै व्यापारमा २५ प्रतिशत भन्सार तिर्नुपर्नेछ,जुन तुरुन्तै लागू हुनेछ। यो आदेश अन्तिम।'
इरानमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला ट्रम्पको यस्तो घोषणा आएको हो। उनले इरानको सम्बन्धमा केही धेरै बलिया विकल्पहरूमा विचार गरिरहेको समेत बताएका छन्।
इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो, त्यसपछि इराक,संयुक्त अरब इमिरेट्स,टर्की र भारत छन्।