मुख्य समाचार
विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु
विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु

: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्।

अभियानमार्फत लाइसेन्सविहीन चालक, लापसे (लागु पदार्थ सेवन) तथा मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाउने प्रवृत्ति, ओभरस्पिड, जथाभावी पार्किङ, अव्यवस्थित सञ्चालन र भारतीय नागरिकद्वारा अवैध रूपमा सफारी चलाउने समस्यालाई एकैसाथ समाधान गर्ने लक्ष्य छ। विराटनगरमा कति सिटी सफारी सञ्चालनमा छन् र तीमध्ये कति चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छ भन्ने आधिकारिक तथ्यांक नहुनु नै नियमनको सबैभन्दा ठूलो चुनौती बनेको थियो। यही अन्योल हटाउन ट्राफिक प्रहरीले लाइसेन्स प्राप्त चालकको व्यवस्थित दर्ता प्रक्रिया सुरु गरेको हो।


ट्राफिक प्रहरीले नेपालमै पहिलोपटक कम्प्युटर प्रणालीमार्फत सफारी चालकको विवरण अभिलेखीकरण गर्ने व्यवस्था मिलाएको छ। दर्ता पूरा भएपछि प्रत्येक चालकलाई छुट्टै दर्ता नम्बर दिइन्छ। जुन ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेटको पछाडि स्पष्ट देखिने गरी राखिन्छ। यात्रुले चालकको नाम, ठेगाना वा सफारी नम्बर खोजिरहनु पर्दैन। ज्याकेटमै देखिने दर्ता नम्बरका आधारमा कुनै गुनासो, समस्या वा उजुरी सजिलै गर्न सकिने व्यवस्था मिलाइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।

दर्ता प्रक्रिया सकिएपछि चालकलाई ट्राफिक प्रहरीले विशेष अनुशिक्षण तालिम दिनेछ। तालिम पूरा गरेपछि मात्र चालकले ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट पाउनेछन्। इन्स्पेक्टर न्यौपानेका अनुसार यो ज्याकेट चालकको पोसाक मात्रै नभएर जिम्मेवारी र अनुशासनको प्रतीक पनि हो। ट्राफिक प्रहरीद्वारा प्रशिक्षित र प्रमाणित ‘सुरक्षित चालक’ अन्य साधारण चालकको तुलनामा कम्तीमा ८० प्रतिशत बढी सुरक्षित मानिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...