: गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सुरु गरिएको छ। समुद्र सतहबाट लगभग ३ हजार ५०० मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो।
नमुनाका रूपमा विभिन्न जातको स्याउ रोपेको स्थानीय फिन्जो तामाङले बताए। एक-दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी धेरै परीक्षण पहिलो पटक गरिएको उनले बताए। उनले रेड डेलिसिएय, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको उनले बताए।
गाउँमा ३ सय बिरुवा रोपिएको छ। २० वटा ग्रीन हाउस बनाइएको छ। परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको छ।