मुख्य समाचार
ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ
ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ

: लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा सवार रहेका उनीहरूलाई प्रहरीले दिउँसो १ बजेतिर विराटनगर महानगरपालिका–१७ स्थित आईसीपी रोडबाट पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट ठूलो परिमाणको ब्राउन सुगर बरामद भएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले पक्राउ गरेको हो।


मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमारलाई पक्राउ गरिएको जानकारी दिइन्। उनका अनुसार शंका लागेपछि प्रहरीले उनीहरू सवार मोटरसाइकललाई रोकेको थियो।


मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार राजकुमारको साथबाट १ सय ४ ग्राम ब्राउन सुगर बरामद भएको चुँडालले बताइन्। उनका अनुसार राजकुमारले ‘देभगन्ध’ लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।



पक्राउ परेकाहरू नेपालमा लागुऔषध आपूर्ति गर्न आएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी स्रोतका अनुसार उनीहरू केही समययता भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको सूचना प्राप्त भएको थियो। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण