: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पपुलिष्ट पात्रहरूले देशमा भयावह भूराजनीतिक जोखिम निम्त्याउन सक्ने बताएका छन्। शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
ʻपपुलिज्मले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंस र यही हो सिलसिला ! थप समस्या जन्माउँदै जान्छ,ʼउनले भने,ʻसत्तामा जान जस्तो सुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरूले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन्।ʼ
अध्यक्ष ओलीले विध्वंस आन्दोलन होइन भन्दै पपुलिज्म पनि अग्रगामी विकल्प नभएको उल्लेख गरे। उनले भने,ʻभदौ २४ को विध्वंसको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ।ʼ
अध्यक्ष ओलीले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभएको भन्दै लोकतन्त्र सङ्कटमा रहेको उल्लेख गरे।