मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपाको आकस्मिक सचिवालय बैठकले पुस १४ गते उज्यालो नेपालसँग भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो।




रास्वपाका प्रवक्ता मनिषा झाका अनुसार उज्यालो नेपालसँग भएको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि निरन्तर प्रस्तावहरू प्राप्त भएको र शीर्ष नेतृत्व तहमा पटक-पटक बैठकहरू पनि भएको थियो।


'सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच बृहत् सहकार्यमार्फत् मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यका साथ रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाउँदै आएको छ। रास्वपाको स्पष्ट मान्यता छ, नयाँ राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ता-केन्द्रित अङ्कगणित मिलाउनु वा शक्ति बाँडफाँडको व्यवस्थापन गर्नु होइन, बरु लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिका लागि साझा प्रतिबद्धता निर्माण गर्दै जनविश्वासलाई संस्थागत गर्नु हो,' झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



रास्वपाले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिँदै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग निरन्तर संवादमा रहने जनाएको छ। आगामी निर्वाचनमा स्थापित दलहरूको जडता, स्वार्थ-केन्द्रित राजनीति र असफल शासन-संस्कृतिलाई चुनौती दिन सक्ने बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा रास्वपालाई अगाडि बढाउन आम सदस्य, शुभेच्छुक तथा परिवर्तन चाहने सम्बन्धित सबैलाई जोड्नका लागि हर सम्भव कोसिस गर्ने प्रतिबद्धता पार्टीको रहेको झाको भनाइ छ।

'सहकार्यको अभ्यासमा १२ दिनको यात्रा अनुमोदन नभए पनि नेउपाको नेतृत्व तथा सम्पूर्ण संगठनलाई आगामी दिनमा सफल यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए। आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम