मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकार गम्भीर समस्यामा रहेको बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकार गम्भीर समस्यामा रहेको बताए

: इरानमा भइरहेको राष्ट्रव्यापी विरोध प्रदर्शनप्रति आफ्नो पछिल्लो प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकार गम्भीर समस्यामा रहेको बताएका छन्। ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका हुन्।




उनले भने, "इरानी सरकारले पहिले जस्तै मानिसहरूलाई मार्न थाले भने हामी कारबाही गर्नेछौं भनेर मैले धेरै जोडदार रूपमा भनेको छु। हामी उनीहरूलाई जहाँ सबैभन्दा बढी चोट पुर्‍याउँछ त्यहाँ प्रहार गर्नेछौं।"


"यसको अर्थ सैन्य उपस्थिति होइन। यसको अर्थ उनीहरूलाई धेरै कडा प्रहार गर्नु हो, जहाँ दुख्छ। त्यसैले हामी त्यस्तो हुन चाहँदैनौं," ट्रम्पले भने ।



इरानमा १३ दिनदेखि सरकार विरोधी प्रदर्शन जारी छ। यो देशको अर्थतन्त्रको कमजोर अवस्थाका कारण सुरु भएको थियो। मानव अधिकार समूहका अनुसार देशभर इन्टरनेट बन्द भएको हिंसामा कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो । आक्रमणमा महिला तथा ...
: गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् । शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । संयुक्त विज्ञप्तिमा ...
: अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो । एफएएका अनुसार देशभर उडान सञ्चालन गर्ने विमानहरूको निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल ...
: इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा एनभिडिया प्रकरणलाई लिएर विवाद चर्किँदै जाँदा वाणिज्यमन्त्री हावर्ड लटनिकमाथि दबाब बढेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उच्च क्षमताका एआई चिप्सको निर्यात नियन्त्रणमा उचित निगरानी गर्न नसकेको भन्दै लटनिक नेतृत्वको वाणिज्य विभागमाथि प्रश्न उठाएका छन् । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ एक व्यवसायीसँगको कथित प्रेम सम्बन्ध सार्वजनिक भएपछि पदबाट ...