मुख्य समाचार
नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा ताला
नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा ताला

: विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकैपटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कानुनविपरीत औषधि बिक्री, बिना दर्ताका विदेशी औषधि राखिएको, म्याद सकिएका औषधि बिक्रीका लागि तयारी अवस्थामा राखिएको तथा चिकित्सकले नलेखेका औषधिसमेत बिरामीलाई जबर्जस्ती दिइएको भेटिएको प्रशासनले जनाएको छ।


यस्ता क्रियाकलापले बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने निष्कर्ष निकाल्दै ७ वटा फार्मेसीमा ताला लगाइएको हो। सिल गरिएका फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार रहेका छन्। औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार सिल गरिएका फार्मेसीहरूले औषधि बिक्रीसम्बन्धी आधारभूत कानुनी मापदण्डसमेत पालना नगरेको पाइएको छ।



मूल्यमा मनपरी असुली गरिएको, बिरामीलाई आवश्यक नपर्ने औषधि समेत किन्न बाध्य बनाइएको र ठगी गरेको स्पष्ट प्रमाण भेटिएपछि कडा कदम चाल्नुपरेको उनको भनाइ छ। अनुगमनकै क्रममा मित्र फार्मेसीबाट बिरामीलाई अनावश्यक औषधि थमाइएको, अत्यधिक मूल्य लिइएको र गलत परामर्श दिइएको तथ्य खुलेको विभागले जनाएको छ। बिरामी र उनीहरूका आफन्तबाट निरन्तर गुनासो आएपछि प्रशासनले यो विषयलाई गम्भीर रूपमा लिएको पनि खड्काले स्पष्ट पारे।

सरकारी निकायले तत्काल कारबाही गरेपछि स्थानीय र बिरामीका आफन्तहरूले प्रशासनको कदमलाई स्वागत गरेका छन्। विभागले सिल गरिएका फार्मेसी सञ्चालकहरूमाथि औषधि ऐनअनुसार थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाइने जनाएको छ। नोबेल शिक्षण अस्पतालजस्तो ठूलो उपचार केन्द्र वरिपरि बिरामीको असहायताको फाइदा उठाएर हुने ठगी मान्य नहुने भन्दै प्रशासनले नियमित अनुगमन र कडा निगरानीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम