: नेकपा एमालेले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ। शनिबार ललितपुरमा बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले आन्दोलनकारी ढंगले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको हो।
आइतबार सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालयले तयार गरेको चुनाव केन्द्रीय कार्ययोजनालाई स्वीकृत गरेको जानकारी दिए।
यस्तै बैठकले संशोधित विधानका आधारमा पार्टी नियमावली संशोधन गरेको छ। महासचिव पोखरेलले लेखेका छन्,ʻअब सिंगो पार्टी संशोधित विधान–२०८२ का आधारमा सञ्चालित हुनेछ।ʼ