मुख्य समाचार
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् ।

आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही सातादेखि राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेपछि यो निष्कर्षमा पुगेको उनले उल्लेख गरेकी छन् ।

'विगत केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद र सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरेको थिएँ,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'विशेष गरी 'जेन-जी' (नयाँ पुस्ता) का भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा र मुद्दाबारे भएको छलफलपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।'

तामाङले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षा नभई नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति र पारदर्शिताका लागि भएको दाबी गरेकी छन् । उनले युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा उठाउने र भ्रष्टाचार विरुद्धको लडाइँलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
— तिलहरी चरा बागमती प्रदेशको हिमाली भेग रसुवादेखि तराइ क्षेत्र चितवनसम्म भेटिन्छ। जाडोयाममा चितवन झर्ने यो चरा अचेल निकै कम देखा पर्छ। यो समय हिउँदमा बसाइँ सरेर आउने पानीमा आश्रित चरा गणना भइरहेको छ। गणनाका लागि चितवनको पूर्वी भेगमा खटेको एउटा टोलीले बिहीबार यो चरा फेला पार्‍यो। गणक टोलीले दुई वर्षअघि पनि यही बेला तिलहरी चरा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम