मुख्य समाचार
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताए
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताए

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् ।

ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई दु:खी बनाउन चाहन्नँ ।'

त्यस्तै उहाँले अन्तर्राष्ट्रिय कानुन पालना गर्नु आवश्यक छ कि छैन भन्ने न्युयोर्क टाइम्सको प्रश्नमा उनले भने, 'म गर्छु ।' तर उनी त्यतिमै रोकिएनन्, 'यो तपाईँको अन्तर्राष्ट्रिय कानुनको परिभाषामा निर्भर गर्छ ।'

न्युयोर्क टाइम्सका अनुसार अन्तर्वार्ताका क्रममा ट्रम्पले ग्रीनल्यान्ड कब्जाबारे विभिन्न विकल्पहरू अध्ययन गर्दै थिए । सोही क्रममा उनले स्वामित्वको महत्त्वमा पनि जोड दिएका थिए । अन्तर्वार्ताका क्रममा उनले भने, 'स्वामित्व धेरै महत्त्वपूर्ण छ । मेरो विचारमा सफलता हासिल गर्न मानसिक रूपमा यसैको आवश्यकता हुन्छ । मलाई लाग्छ कि स्वामित्वले तपाईंलाई त्यस्ता कुरा दिन्छ जुन तपाईं सम्झौता वा लिजमार्फत पाउन सक्नुहुन्न । स्वामित्वले त्यस्ता वस्तु र तत्त्व दिन्छ जुन केवल कागजमा हस्ताक्षर गरेर पाउन सकिँदैन ।'

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाउने आफ्नो निर्णयले ताइवानमाथि चीन र युक्रेनमाथि रुसले कब्जा जमाउने कुराको नजिर बन्न सक्ने कुरा पनि ट्रम्पले अस्वीकार गरेका छन् । त्यस्तै भेनेजुएलामाथिको आक्रमणलाई जायज भन्दै मदुरोले अमेरिकामा 'ग्याङ मेम्बर' पठाउने गरेको आरोप ट्रम्पले लगाए ।

'यो साँच्चिकै खतरा थियो । तपाईंले चीनमा मान्छेको लावालस्कर गएको देख्नु भएन । तपाईंले चीनमा लागुऔषध ओसारिएको पनि देख्नु भएन । हामीले भोगेका सबै नराम्रा त्यहाँ थिएनन् । ताइवानका जेल खुलै र मान्छेहरू चीनतर्फ पनि आएका छैनन् । कुनै अपराधीहरू रुसतिर पनि गएका छैनन्,' ट्रम्पले भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानमाथि कब्जा गर्नेमा आफूलाई विश्वास नभएको ट्रम्पले बताए । उनले अगाडि भने, 'यो उनीमाथि नै भर पर्ने कुरा हो, उनी के गर्छन् । तर, मैले भनेको छु कि उनले त्यसो गरे भने म खुसी हुने छैन । मलाई आशा छ, उनले त्यसो गर्ने छैनन् ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम