— राष्ट्रिय समाचार समिति (रासस) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना पत्रकार, कर्मचारी तथा राससबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्न निर्वाचन आचारसंहिता–२०८२ जारी गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुने गरी उक्त आचारसंहिता कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम र विनियमको पालना, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार तथा महत्त्वका विषयहरू समावेश छन्।