मुख्य समाचार
सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन
सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन

— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री खरेलले भने, 'अहिलेकै कार्यकालमा जीआईओएमएसलाई हरेक मन्त्रालयमा अनिवार्य गराउनेगरी काम गर्न आग्रह गर्दछु, यसले सेवा प्रभावकारिता र सुशासन कायम गर्न मद्दत गर्नेछ ।' उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।

हाल अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले जिआइओएमएस लागू गरिसकेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो प्रणाली सुरु गरिएको जनाइएको छ ।

सूचना प्रविधि विभागद्वारा विकास गरिएको यो प्रणाली प्रयोगगरी विद्युतीयमाध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायत अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीमन्त्री खरेलले निर्धारित मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद् र सरकारमा युवाको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।


सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले विभागको कामलाई बढी प्रविधिमैत्री एवं सेवालाई चुस्त र प्रभावकारी बनाउन आग्रह गरे । सूचना प्रविधि विभागका महानिर्देशक श्री चन्द्र साहले विभागलाई नीतिगत र संरचनागत सुधार गरी सेवालाई प्रविधिमैत्री बनाइने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम