मुख्य समाचार
दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने
दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने

— दिक्तेलमा आगामी बैशाख ४, ५ र ६ गते जैविक विविधता रेडपाण्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले पुस २४ गते पत्रकार सम्मेलन गरी उक्त सम्मेलन आयोजना गर्ने जानकारी गराएका हुन् ।

भट्टराईका अनुसार वन, वातावरण, जैविक विविधताको संरक्षण गर्दै जलवायु परिवर्तनका असर न्युनीकरण गर्दै पर्यापर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सम्मेलन गर्ने तयारी गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभूवन विश्व विद्यालयको आयोजनामा उक्त सम्मेलन हुन लागेको भट्टराईले जनाएका छन् ।

यसका लागि नगरप्रमुख भट्टराईको संयोजकत्वमा मुल आयोजक समिति र वडा नं १० पाथेकाका वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समिति गठन गरी सम्मेलनको तयारी गरिने भट्टराईले बताएका छन् ।

‘सम्मेलनमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने शीप र प्राकृतिक सामग्रीको प्रदर्शनी गरिने छ’–भट्टराईले भने–‘यसबाहेक विभिन्न प्रदेशका विश्वविद्यालय, वैज्ञानिक, विषयविज्ञ तथा शैक्षिक संस्थाहरूले पनि प्रदर्शनीमा सहभागिता जनाउने छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जंगली रातो बाँदरलाई पुन: कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले दोस्रो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजी खेत, ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् । सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप नि:शुल्क ...
: काठमाडौं महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एचपीभी विरुद्धको खोप सुरु गरेको छ। कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइने खोप अभियान फागुन ६ गतेसम्म चल्ने महानगरले जनाएको छ। मंगलबार पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा खोप कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरूमा हुन सक्ने पाठेघरको मुखको ...
: नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजारमा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० जना छन्। त्यस्तै शिशु मृत्युदर पनि सबैभन्दा धेरै सुदूरपश्चिमै रहेको छ। तथ्यांक कार्यालयका ...
: पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।फागुन ४ र ५ गते जिल्लाभरका १,७९१ किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । खोप लगाउनेमध्ये १,७९० जना विद्यालय जाने किशोरी हुन् भने एक जना विद्यालय नजाने अर्जुनचौपारीका किशोरी रहेको कार्यालयले जनाएको ...