मुख्य समाचार
विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने
विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने

— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका छन् ।

आज सामाजिक सञ्जाल एक्समा संक्षिप्त धारणा राख्दै शर्माले कांग्रेस पार्टी 'फुट्ने' भय र भ्रम नराख्न आग्रह गरेका छन् ।

'पार्टी एकता जोगाउन विष पिउन तयार', 'विभाजन हुन लागे हलबाट बाहिरिने l' हामीले यो भन्नूको अर्थ- हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न,' उनले लेखेका छन्, 'फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l दोस्रो विशेष महाधिवेशन 'बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि' !'

महामन्त्रीद्वय शर्मा र गगन थापाले पुस २७-२८ का लागि विशेष महाधिवेशनको औपचारिक आह्वान गरेपछि पार्टीमा आन्तरिक द्वन्द्व उत्कर्षमा छ ।

दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई बदलिएको समयअनुसार पार्टीलाई नयाँ ऊर्जा र दिशाबोध दिनका लागि भएको दुवै महामन्त्रीले स्पष्ट पार्दै आएका छन् ।

महामन्त्री थापाले केही दिनअघि कसैले चाहेर पनि पार्टी नफुट्ने बताउँदै भनेका थिए, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

शर्माले पनि विशेष महाधिवेशनमै जोड दिँदै पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने र पार्टी जोगाउन सबैसँगै उभिने बताएका थिए ।



बिहीबार आकस्मिक रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको निर्णय फिर्ता लिन थापा र शर्मा पक्षधरलाई आग्रह गरेको छ । गत शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको थियो ।

गत २९ असोजमा पेस गरिएको निवेदनमा समयमा नियमित महाधिवेशन नभए मात्रै विशेष महाधिवेशन हुनुपर्ने माग गरिएकाले १५ मंसिरमा नियमित महाधिवेशनको तालिका ल्याइसकेपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षको तर्क छ  । यो निर्णयले महाधिवेशन विवाद थप पेचिलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम