मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई घाइते
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई घाइते

— कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडकको पाल्पास्थित रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरी रहेको प्रहरीले जनाएको छ । गेझा बर्दलेबाट रामपुरको बेझाडतर्फ जाने क्रममा लु ७८ प २८०७ नम्बरको मोटरसाइकलले पैदलयात्री सेन ठकुरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ठकुरीलाई उपचारका लागि तत्काल रामपुर अस्पताल पुर्‍याएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए ।

ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि बसेका २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । मोटरसाइकल चालकलाई रामपुर अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन ल्याइएको छ ।

यसैबीच, राति अबेर स्थानीय बासिन्दाले कालीगण्डकी करिडोर अन्तर्गत सडकमा प्रहरी बिट राख्नुपर्ने माग राख्दै केही समय सडक अवरुद्ध गरेका थिए । स्थानीयले टायर बालेर सडक अवरुद्ध गर्दा केही सय सडकमा सवारीसाधन प्रभावित भएका थिए । महेन्द्र राजमार्गको गैंडाकोट नवलपुर र तनहुँको खैरेनीटार हुँदै सवारी साधन कालीगण्डकी करिडोर भएर पाल्पा लगायत यस भेगमा सवारी साधन सञ्चालन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम