मुख्य समाचार
नेपाल र भारतका सुरक्षा पदाधिकारीहरूको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न
नेपाल र भारतका सुरक्षा पदाधिकारीहरूको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न

: नेपाल र भारतका सुरक्षा पदाधिकारीहरूको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ। दुबै देशको सीमा क्षेत्रको विभिन्न नाकामा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण, अवैध कारोबार नियन्त्रण गर्नेसहित विविध पक्षमाथि गहन छलफल गर्न नेपाल-भारतका सुरक्षा पदाधिकारीहरूको समन्वयात्मक समीक्षा बैठक भएको हो।


जिल्ला प्रशासन कार्यालय रौतहटले आयोजना गरेको नेपाल-भारत जिल्ला स्तरीय सीमा समन्वय समिति (बीडीसीसी)को बिहीबारको बैठकले सीमामा भइरहेका अवाञ्छित गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्ने रणनीति राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए।


बैठकबाट लागुऔषधको अवैध ओसारपसार, अवैध हातहतियार, मदिराको ओसारपसार, संदिग्ध गतिविधिमा संलग्नहरूको सूचना एकअर्कासमक्ष आदनप्रदान गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र नक्कली नोटको कारोबार, सीमा स्तम्भको सुरक्षासहित विभिन्न अपराधिक कार्यलाई पूर्णरूपमा नियन्त्रण गरेर सीमा क्षेत्रलाई शान्ति व्यवस्था कायम गर्ने सहमति भएको साहले जानकारी दिए।



आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राखिएको सीमा समन्वय बैठकले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै सीमा सील गर्ने, सीमा क्षेत्रमा अतिक्रमण हुन नदिने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न परस्पर सहयोग आदान प्रदान गर्ने, नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कायम राख्ने, लागुअ‍ैषध कारोबार दुबैतर्फ निगरानी राखेर नियन्त्रण गर्ने, सूचना आदान प्रदान गर्ने, सीमासम्बन्धी वा अन्य कार्यहरूसम्बन्धी जानकारीका लागि सहजरूपमा कुरा गर्न सकिनेलगायतका विविध विषयमाथि गहन छलफल भएको साहले बताए।

सीमा समन्वय बैठकमा रौतहटबाट प्रजिअ दिनेश सागरभुसाल, प्रहरी उपरीक्षक रविन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, गौर भन्सार प्रमुख विकास कुमार रजक, नापी कार्यालय गौरका प्रमुख मोहन महासेठ, डिएफओ हेमन्तप्रसाद साह, सहायक प्रजिअ जितेन्द्रकुमार यादव, डीएसपी रुपा लाबुङ, प्रस्तावित गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर विस्ट र सन्तपुर बेसका डीएसपी राजेन्द्रबहादुर बस्नेत सहभागी थिए।

सर्लाहीका प्रजिअ रामुराज कडरिया, एसपी योगेन्द्रकुमार खड्का, सशस्त्र एसपी देबबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका संजय मण्डल, मलंगवा भन्सार प्रमुख ठाकुर प्रसाद आचार्य तथा महोत्तरीका प्रजिअ इन्द्रदेव यादव, एसपी हेराम्बा शर्मा, सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दनकुमार झासहितका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

त्यस्तै महोत्तरी जिल्लाबाट प्रजिअ इन्द्रदेव यादब,प्रहरी उपरीक्षक हेरम्भा शर्मा,सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी लगायत अन्य कार्यालयका प्रमुखको सहभागिता थियो।

भारतबाट सीतामढीका डीएम रिची पाण्डेको नेतृत्वमा भारत सीतामढीका एसपी पाण्डेसहित एसपी अमित रंजन, विरगञ्ज महावाणिज्य दूतावासका काउन्सलर मनिषकुमार दास, एसएसबी २० बी बटालियनका कमान्डेन्ट जिसी पाण्डे, एसएसबी ५१ बी बटालियनका कमान्डेन्ट सञ्जिवकुमार सिंह, एडीएम सितामढी सन्दीप कुमार, एडीएम वृजकिशोर पाण्डे, एसडीएम सितामढी सदर आनन्द कुमार, एसडीएम पुपरी गौरव कुमार, डीएसपी सीतामढी महम्मद नाजिभ कन्वरसहितका विभिन्न क्षेत्रका पदाधिकारीहरूको उपस्थिति रहेको प्रशासन प्रमुख साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम