मुख्य समाचार
गगनकुमार थापाले विशेष महाधिवेशनबाट पछि हट्न अस्वीकार
गगनकुमार थापाले विशेष महाधिवेशनबाट पछि हट्न अस्वीकार

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट पछि हट्न अस्वीकार गरेका छन्। बिहीबार पार्टी कार्यालयमा भएको कार्यसम्पादन बैठकमा उनले विशेष महाधिवेशन हुने र त्यसमा सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी बन्नुपर्ने बताए।




उनले बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको प्रस्ताव ल्याएको बताए। 'सहमति गर्न सकिने विषय आज थिएन। पार्टी विधानअनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भनेर कार्यवाहक सभापतिले भन्नुभयो। यो विधानसम्मत छैन। ठाडै विधानको अपव्याख्या हो भने मैले भनेको छु,' सञ्चारकर्मीसँग उनले भने।


उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिे बोलाएपछि विशेष महाधिवेशन गर्न विधानले बाध्यकारी व्यवस्था गरेको भन्दै विशेष महाधिवेशन फिर्ता नहुने बताए।



उनले बैठकमा सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा सहभागी भए अपनत्व लिइदिन आग्रह गरेको बताए। 'पार्टी सभापतिलाई यो कुरा पुर्‍याइदिनुहोला भनेका छौं। विधानसम्मत भएको यो महाधिवेशनमा उहाँ सहभागी बन्नुपर्छ। विशेष महाधिवेशनलाई उहाँले अपनत्व गर्नुपर्छ,' उनले भने।

उनले विशेष महाधिवेशन कांग्रेसमा विग्रह ल्याउने होइन, जनतासँग जोड्नलाई गर्न लागिएको स्पष्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम