मुख्य समाचार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने

: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ।




शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा सावित्रा घाइते भएकी थिइन्। ब्रिस्बेन रोअरकी गोलरक्षक क्लो लिंकनले खेलको दोस्रो हाफमा बल नियन्त्रण गर्ने क्रममा सावित्रासँग ठोक्किएकी थिइन्। लिंकनले बल नियन्त्रण गर्ने क्रममा उनको टाउको सावित्राको खुट्टामा ठोक्किएको थियो। त्यस क्रममा सावित्राको दाहिने खुट्टामा चोट लागेको थियो।


त्यसपछि गरिएको एमआरआईमा सावित्राको दाहिने खुट्टाको एन्टीरियर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट देखिएको थियो। वेलिङ्टन फिनिक्सका चिकित्सकले सावित्राको चोटको प्रकृति अनुसार नौदेखि एक वर्षसम्म मैदान बाहिर रहनुपर्ने जनाएका छन्। सावित्राले सन् २०२१ मा पनि गम्भीर चोट बोकेकी थिइन्। उनले दायाँ घुँडाको शल्यक्रिया नै गराएकी थिइन्।



लगातार तीन खेलाडी घाइते भएपछि वेलिङ्टनलाई पनि गम्भीर धकका लागेको छ। सावित्रासँगै वेलिङ्टनका मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनहम पनि ए लिगबाट बाहिरिएका छन्। आफ्नो महत्वपूर्ण तीन खेलाडी बाहिरिएपछि वेलिङ्टन फोनिक्सकी प्रशिक्षक बेब प्रिस्टमन निरास बनेकी छन्।

उनले टोलीका लागि यो निकै दुखदायी क्षण भएका बताएकी छन्। ‘मलाई थाहा छ कि टोलीका लागि यो निकै दुखदायी क्षण हो। यो दुखद समाचार सुनाउनु पर्दा म आफै निकै दुखी छु’, प्रिस्टमनले भनिन्, ‘हामीले उत्कृष्ट खेलाडीलाई टोलीमा समावेश गरेका थियौं। तीमध्ये सावित्रा सबैभन्दा लोकप्रिय खेलाडी थिइन्। सिंगो टिमले उनलाई निकै माया र इज्जत गर्दै आएको छ।’

उनले सावित्राको आँखामा चाँडो मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास आफूले देखेको पनि बताइन्। ‘सावित्राका बारेमा बताउनु पर्दा मलाई निकै दुख लागिरेको छ। तर, उनको आँखामा चाँडै मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास मैले देखेको छु’, उनले भनिन्, ‘हामीले उनलाई दुई सिजनका लागि टोलीमा अनुबन्ध गरेका हौं। उनको आत्मविश्वास हेर्दा चाँडै नै टोलीमा पुनरागमन गर्छिन् भन्ने लागेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम