मुख्य समाचार
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने

: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ।




शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा सावित्रा घाइते भएकी थिइन्। ब्रिस्बेन रोअरकी गोलरक्षक क्लो लिंकनले खेलको दोस्रो हाफमा बल नियन्त्रण गर्ने क्रममा सावित्रासँग ठोक्किएकी थिइन्। लिंकनले बल नियन्त्रण गर्ने क्रममा उनको टाउको सावित्राको खुट्टामा ठोक्किएको थियो। त्यस क्रममा सावित्राको दाहिने खुट्टामा चोट लागेको थियो।


त्यसपछि गरिएको एमआरआईमा सावित्राको दाहिने खुट्टाको एन्टीरियर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट देखिएको थियो। वेलिङ्टन फिनिक्सका चिकित्सकले सावित्राको चोटको प्रकृति अनुसार नौदेखि एक वर्षसम्म मैदान बाहिर रहनुपर्ने जनाएका छन्। सावित्राले सन् २०२१ मा पनि गम्भीर चोट बोकेकी थिइन्। उनले दायाँ घुँडाको शल्यक्रिया नै गराएकी थिइन्।



लगातार तीन खेलाडी घाइते भएपछि वेलिङ्टनलाई पनि गम्भीर धकका लागेको छ। सावित्रासँगै वेलिङ्टनका मिडफिल्डर टेसेल मिडाग र एलिसा व्हिनहम पनि ए लिगबाट बाहिरिएका छन्। आफ्नो महत्वपूर्ण तीन खेलाडी बाहिरिएपछि वेलिङ्टन फोनिक्सकी प्रशिक्षक बेब प्रिस्टमन निरास बनेकी छन्।

उनले टोलीका लागि यो निकै दुखदायी क्षण भएका बताएकी छन्। ‘मलाई थाहा छ कि टोलीका लागि यो निकै दुखदायी क्षण हो। यो दुखद समाचार सुनाउनु पर्दा म आफै निकै दुखी छु’, प्रिस्टमनले भनिन्, ‘हामीले उत्कृष्ट खेलाडीलाई टोलीमा समावेश गरेका थियौं। तीमध्ये सावित्रा सबैभन्दा लोकप्रिय खेलाडी थिइन्। सिंगो टिमले उनलाई निकै माया र इज्जत गर्दै आएको छ।’

उनले सावित्राको आँखामा चाँडो मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास आफूले देखेको पनि बताइन्। ‘सावित्राका बारेमा बताउनु पर्दा मलाई निकै दुख लागिरेको छ। तर, उनको आँखामा चाँडै मैदानमा फर्किने दृढ इच्छाशक्ति र आत्मविश्वास मैले देखेको छु’, उनले भनिन्, ‘हामीले उनलाई दुई सिजनका लागि टोलीमा अनुबन्ध गरेका हौं। उनको आत्मविश्वास हेर्दा चाँडै नै टोलीमा पुनरागमन गर्छिन् भन्ने लागेको छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० ...
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...