मुख्य समाचार
नेपाल सरकारले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति चासो व्यक्त
नेपाल सरकारले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति चासो व्यक्त

: नेपाल सरकारले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति चासो व्यक्त गरेको छ। सरकारले उक्त अवस्थालाई नजिकबाट अवलोकन गरिरहेको र सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ।




अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको घटनापछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर चासो व्यक्त गरेको हो। यद्दपि, उक्त विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएकोबारे उल्लेख गरेको छैन। विज्ञप्तिमा अमेरिकाको नामसमेत उल्लेख छैन। परराष्ट्र मन्त्रालयले आफू सेफ साइडमा रहेर विज्ञप्ति निकालेको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गरेको घटना विश्वले थाहा पाए पनि परराष्ट्रले आफ्नो विज्ञप्तिमा उल्लेख गर्न आनाकानी गरेको छ।


परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप तनावपूर्ण बनाउन सक्ने कुनै पनि कदम चाल्नबाट टाढा रहन आग्रह गरेको छ।



मन्त्रालयले संयुक्त राष्ट्रसंघको विधानमा उल्लेख गरिएका सिद्धान्तहरू, सार्वभौमिकता,भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रता को पूर्ण सम्मान गर्न आवश्यक रहेको नेपालले जनाएको छ।

नेपालले भेनेजुएलासम्बन्धी विवाद तथा मतभेदलाई संवाद,कूटनीति र पारस्परिक समझदारीमार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ। परराष्ट्र मन्त्रालयले क्षेत्रीय शान्ति र स्थिरता सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम