मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

: प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच ३ घन्टा बढी छलफल भएको हो।


प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार उनीहरूबीच चुनाव केन्द्रित छलफल भएको हो। प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि देखाएको प्रतिवद्धताप्रति सराहना गरेकी थिइन्।


'फागुन २१ को चुनावका लागि एमालेले देखाएको प्रतिवद्धताप्रति प्रधानमन्त्रीजीले उहाँ (ओली)को सराहना गर्नुभएको थियो। निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक विधि अपनाउनु हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीजी विश्वस्त हुनुभयो,' प्रधानमन्त्रीका प्रेस संयोजक रावलले अन्नपूर्णसँग भने।



त्यस्तै एमाले अध्यक्ष ओलीले एमाले चुनावदेखि नभाग्ने बताएका थिए। उनले एमाले लोकतान्त्रिक पार्टी भएको र चुनावमा सहभागी हुनका लागि पछि नहट्ने बताएका थिए। स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारसँग सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका थिए। उनले चुनावमा अझै सुरक्षा खतरा रहेको बताउँदै त्यसको प्रत्याभूति हुनुपर्ने सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय लिएकी हुन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने प्रष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन् । पछिल्लो केही ...
— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । साथै आफू मन्त्रीका हैसियतमा आफू विदेश भ्रमणमा जान इच्छुक नरहेकोसमेत उनको भनाइ छ । मन्त्री पुनले यसअघि आफूलाई तीन वटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुई वटा निमन्त्रणा आएकामा नजाने कुरा सामाजिक ...
पूर्वी नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा दुई वर्षमा निमार्ण सम्पन्न हुनुपर्ने पुल ७ वर्षमा सम्पन्न भएको छ।
— अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो। कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु ...
— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्। प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम