मुख्य समाचार
अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ
अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ

। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ ।

ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ह्वाइट हाउसले वक्तव्यमा जनाएको छ।

ह्वाइट हाउसले कुन–कुन संगठन हुन् भन्ने सूची सार्वजनिक गरेको छैन । तर गैरसंयुक्त राष्ट्रसंघीय संस्थाहरूमा भारत र फ्रान्स नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) र जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल जस्ता प्रमुख वातावरणीय संस्थाहरू समेत समावेश रहेको बताइन्छ । यसैगरी आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, शान्ति निर्माण आयोग, संयुक्त राष्ट्र ऊर्जा तथा संयुक्त राष्ट्र जनसंख्या कोषबाट समेत अमेरिका बाहिरिएको छ।

ती संस्था तथा निकायहरूले ‘उग्र जलवायु नीति, वैश्विक शासन प्रणाली र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत वैचारिक कार्यक्रमहरू’ अघि बढाउने गरेको आरोप अमेरिकाले लगाएको छ।

ह्वाइट हाउसका अनुसार यो निर्णय अमेरिकाले सदस्यता लिएको वा पक्ष रहेको सबै अन्तर्राष्ट्रिय अन्तर–सरकारी संगठनहरू, सम्मेलनहरू र सन्धिहरूको समीक्षा पछि लिइएको हो।

‘यी संस्थाहरूबाट बाहिरिनुले अमेरिकी करदाताको धनराशीले समर्थन गर्दै आएको विश्ववादी एजेन्डालाई रोक्नेछ । साथै, महत्त्वपूर्ण मुद्दाहरूलाई अक्षम वा अहंकारी ढंगले सम्बोधन गर्ने निकायहरूमा जाने अमेरिकी करदाताको पैसा अब अन्य तरिकाले प्रयोग गर्न सकिनेछ,’वक्तव्यमा भनिएको छ।

रोयटर्सका अनुसार ती संस्थाहरूको सूची बारे थप विवरण माग्दा ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन ।

दोस्रो कार्यकाल सुरु गरेको एक वर्षयता ट्रम्पले संयुक्त राष्ट्रका विभिन्न निकायहरूमा अमेरिकाको आर्थिक योगदान कटौती गर्ने नीति अगाडि सारेका छन्।

एनबीसीन्युजका अनुसार, अमेरिकाले विश्वव्यापी सहयोगबाट हात झिक्ने क्रमलाई निरन्तरता दिँदै ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट बाहिरिने घोषणा गरेको छ। यीमध्ये अधिकांश संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकाय, आयोग र सल्लाहकार समितिहरू हुन् । यी स्स्थाहरूले जलवायु, श्रम, बसाइँसराइ जस्ता मुद्दाहरूमा काम गर्छन्।

ट्रम्प प्रशासनले यी संस्थाहरूलाई ‘विविधता’ र ‘वोक’ (सामाजिक अन्याय, विभेद र असमानताप्रति सचेत रहने) पहलहरूलाई प्रश्रय दिएको आरोप लगाएको छ।

यो निर्णयसँगै अब संयुक्त राष्ट्र संघको जनसङ्ख्या निकाय र अन्तर्राष्ट्रिय जलवायु वार्ताको आधार मानिने सन्धि सहित दर्जनौँ अन्तर्राष्ट्रिय संस्थाहरूबाट ट्रम्प प्रशासन बाहिरिने भएको हो।

ह्वाइट हाउसका अनुसार, संयुक्त राष्ट्र संघसँग आबद्ध निकायहरू सहित सबै अन्तर्राष्ट्रिय संस्थाहरूमा अमेरिकाको सहभागिता र कोषबारे गरिएको समीक्षापछि यो निर्णय लिइएको हो।

यस सूचीमा जलवायु, श्रम र बसाइँसराइमा केन्द्रित निकायहरूका साथै ‘पार्टनरशिप फर एट्लान्टिक कोअपरेसन’, ‘इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोरल असिस्टेन्स’ र ‘ग्लोबल काउन्टर टेररिज्म फोरम’ जस्ता गैर-यूएन संस्थाहरू पनि सामेल छन्।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी संस्थाहरू अनावश्यक, गलत व्यवस्थापन, फजुल खर्च गर्ने र अमेरिकी सार्वभौमसत्ता तथा स्वतन्त्रताका लागि खतरा रहेको पाइएको छ।’

यसअघि पनि ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन, प्यालेस्टिनी शरणार्थीका लागि यूएन एजेन्सी, मानव अधिकार परिषद् र यूनेस्कोलाई दिने सहयोग रोक्का गरिसकेको छ।

संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिबाट बाहिरिने निर्णय ट्रम्पको जलवायु विरोधी अभियानको पछिल्लो कडी हो। सन् १९९२ को यो सम्झौता नै ऐतिहासिक पेरिस सम्झौताको आधार थियो। ट्रम्पले जलवायु परिवर्तनलाई ‘कोरा कल्पना’ भन्दै आएका छन् ।

पूर्व ह्वाइट हाउस जलवायु सल्लाहकार गिना म्याकार्थीले यस कदमलाई ‘दूरदर्शिताको अभाव र लज्जास्पद निर्णय’ भनेकी छिन्। उनले भनिन्, ‘यो सन्धिमा नरहने विश्वको एक मात्र देश बनेर ट्रम्प प्रशासनले दशकौँको अमेरिकी नेतृत्वलाई फ्याँकिदिएको छ।’

अमेरिकाले छोड्ने अन्य संस्थाहरूमा संयुक्त राष्ट्र विश्वविद्यालय, अन्तर्राष्ट्रिय कपास सल्लाहकार समिति, अन्तर्राष्ट्रिय ट्रपिकल टिम्बर अर्गनाइजेसन र इन्टरनेशनल लिड एण्ड जिंक स्टडी ग्रुप लगायत रहेका छन्।

विदेश मन्त्रालयले अन्य थप संस्थाहरूको पनि समीक्षा भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...