मुख्य समाचार
निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन
निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन

। निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा कार्कीले आसन्न निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा निर्देशन दिएका हुन् ।

कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए ।

समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाइ प्रभावकारी प्रहरी परिचालन गर्न उनले निर्देशन दिए ।


अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आआफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

भीड नियन्त्रणमा सिलसिलेवार बल प्रयोगको सिद्धान्तलाई अंगिकार गरी कार्य गर्नुपर्ने बताउँदै सवारी दुर्घटना न्यूनीकरणमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्नेमा जो्ड दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो ...
— २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनका कारण साढे ८४ अर्बको भौतिक सम्पत्तिको क्षति भएकामा भवन र सवारीसाधनको मात्र साढे ५२ अर्ब रहेको छ । प्रदर्शनमा भएको क्षतिमध्ये सरकारी संरचनाको पुनर्निर्माणमा मात्रै ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक ...
— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका छन् । आज सामाजिक सञ्जाल एक्समा संक्षिप्त धारणा राख्दै शर्माले कांग्रेस पार्टी 'फुट्ने' भय र भ्रम नराख्न आग्रह गरेका छन् । 'पार्टी एकता जोगाउन विष पिउन तयार', 'विभाजन हुन लागे हलबाट बाहिरिने l' हामीले यो भन्नूको अर्थ- हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न,' उनले लेखेका ...
— प्रतिनिधि सभा सदस्य निर्वाचन ,२०८२ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि विभिन्न जिल्लामा पठाउनको लागि निर्वाचन आयोगमा मतदाता परिचयपत्र प्रिन्ट गरेर तयारी गर्दै कर्मचारीहरु ।
— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका हुन् । सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गरे । त्यस्तै जेन-जी आन्दोलन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम