मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड दिएका छन् । उनले चुनाव हारेमा आफूविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको एक भेलामा ट्रम्पले भने, ‘तपाईंहरूले मध्यावधि चुनाव जित्नैपर्छ, किनकि यदि हामीले जितेनौं भने उनीहरूले (डेमोक्रयाटहरूले) मलाई महाभियोग लगाउने कुनै न कुनै कारण खोज्नेछन् । मलाई महाभियोग लगाइनेछ ।’


हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, निकोलस मादुरोको गिरफ्तारी र ग्रीनल्याण्ड कब्जा गर्ने विषयमा चर्चामा रहेका ट्रम्पले अहिले आगामी नोभेम्बर २०२६ मा हुने मध्यावधि चुनावका लागि एजेन्डा तय गरिरहेका छन् । उनले आफूविरुद्ध हुन सक्ने सम्भावित अनुसन्धान र आरोपहरूबाट बच्न यो चुनावलाई महत्त्वपूर्ण मानेका छन् ।

उनले आफ्ना सांसदहरूलाई आपसी मतभेद त्याग्न र अमेरिकी जनता माझ स्वास्थ्य सेवा, निर्वाचन निष्पक्षता र लैङ्गिक विषय जस्ता नीतिहरू लैजान आग्रह गरे। विशेषगरी महँगीका कारण आक्रोशित जनतालाई रिझाउन उनले निर्देशन दिएका छन् ।


ट्रम्पले भने, ‘राष्ट्रपतिको चुनाव जित्नेले मध्यावधि चुनाव हार्छ भनिन्छ । जनताको दिमागमा आखिर के चलिरहेको छ भनेर मलाई बुझाउनुहोस् ।’

सञ्चारमाध्यम फर्स्टपोस्टका अनुसार, करिब ८४ मिनेट लामो भाषणमा ट्रम्पले भेनेजुएला हस्तक्षेपको बारेमा थोरै मात्र बोले भने सेयर बजारको बढोत्तरी र जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल आक्रमणको बारेमा बढी चर्चा गरे ।

भाषणका क्रममा उनले ठट्टा गर्दै भने, ‘मादुरोले मेरो ‘नाच्ने शैली’ कपी गरेका छन् ।’ उनले आफ्नी श्रीमती मेलानिया ट्रम्प निकै परिष्कृत रहेको र उनले सार्वजनिक ठाउँमा डान्स गर्न रोक लगाउँदै ‘यो राष्ट्रपतिका लागि सुहाउने कुरा होइन’ भन्ने गरेको सुनाए ।

ट्रम्पले डेमोक्र्याटहरूको ‘ओबामाकेयर’ सम्बन्धी सन्देशलाई कडा टक्कर दिन रिपब्लिकनहरूलाई आग्रह गरे। उनले स्वास्थ्य सेवाको मुद्दामा रिपब्लिकनहरूले आफ्नो पकड जमाउनुपर्ने भन्दै सांसदहरूलाई भने, ‘यो धेरै महत्त्वपूर्ण मुद्दा हो, स्वास्थ्य सेवाको स्वामित्व लिनुहोस्। यसको समाधान खोज्नुहोस् ।’

ट्रम्पको २०१७-२०२१ को कार्यकालमा डेमोक्र्याट नेतृत्वको ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले उनलाई दुई पटक महाभियोग लगाएको थियो। यद्यपि, दुवै पटक सिनेटले उनलाई सफाइ दिएको थियो ।

अहिले ट्रम्पले अध्यागमनदेखि सैन्य कारबाही र संघीय नियमनसम्मका क्षेत्रमा एक्लै निर्णय गर्न सक्ने गरी आफ्नो शक्ति विस्तार गरिरहेका छन् । यसैबीच, उनले लगाएको भन्सार शुल्क संवैधानिक रूपमा कंग्रेसको अधिकार क्षेत्रमा पर्ने हो कि होइन भन्नेबारे सर्वोच्च अदालतको महत्त्वपूर्ण फैसला आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम