मुख्य समाचार
इरानमा चर्किंदै विरोध प्रदर्शन, तेहरानमा एक सडकको नाम ‘ट्रम्प स्ट्रिट’ राखियो
इरानमा चर्किंदै विरोध प्रदर्शन, तेहरानमा एक सडकको नाम ‘ट्रम्प स्ट्रिट’ राखियो

। इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेभन्दा थप चर्कंदै गएको छ ।

बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएनए) लाई उद्धृत गर्दै उल्लेख गरेका अनुसार, देशभर जारी प्रदर्शनका क्रममा हालसम्म ‘दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको’ अनुमान छ। मारिनेमा चारजना बालबालिका समेत रहेका छन् ।




एजेन्सीका अनुसार २८ डिसेम्बरदेखि सुरु भएको यो विरोध प्रदर्शन अहिले देशका ३१ प्रान्त र १११ शहरहरूमा फैलिसकेको छ । पछिल्लो ११ दिनमा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने २ हजार २०० जनालाई पक्राउ गरिएको छ ।

बीबीसी फ्याक्ट फाइन्डिङ युनिटले मृत्यु हुनेमध्ये बालबालिकासहित २१ जनाको पहिचान स्वतन्त्र रूपमा पुष्टि गर्न सफल भएको उल्लेख गरेको छ ।




यसैबीच, एक अज्ञात प्रदर्शनकारीले तेहरानको एउटा सडकको नाम ‘ट्रम्प स्ट्रिट’ (ट्रम्प मार्ग) राखिदिएको बारे अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको फारसी भाषाको आधिकारिक अकाउन्टमा लेखिएको छ, ‘तेहरानका एक अज्ञात व्यक्तिद्वारा राष्ट्रपति ट्रम्पको नाममा सडकको नामकरण गर्ने कदमको हामी प्रशंसा गर्दछौँ । अमेरिका इरानी जनताको आवाज र आकाङ्क्षाहरूको सम्मान गर्दछ। हामी थप स्वतन्त्रता, समृद्धि र अवसरहरू प्राप्त गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ ।’

अर्कोतर्फ, अमेरिकाले यी प्रदर्शनहरूलाई समर्थन गरेकोमा इरानले कडा आलोचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम