मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति

। अखिल नेपाल फुटबल संघ (एन्फा) का केही पदाधिकारीहरूले एन्फाको आगामी निर्वाचनसम्बन्धी निर्णयप्रति असहमति जनाएका छन्।

एन्फा अध्यक्षलाई असहमति पत्र लेख्दै उपाध्यक्ष विराट जंग शाही तथा सदस्यहरू रविन्द्र चन्द र रुपेश अधिकारीले माघ २८ गते गर्ने भनिएको एन्फाको अग्रिम निर्वाचन विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगले तय गरिएको दाबी गरेका छन्।

एन्फा कार्यसमितिले निर्वाचन प्रक्रिया अघि बढाएकोप्रति आपत्ति जनाउँदै सो निर्णय पुनरावलोकन गर्नुपर्ने उनीहरूको माग छ । सबै सरोकारवाला पक्ष र कार्यसमिति सदस्यहरूबीच छलफल र सहमतिका आधारमा नयाँ निर्वाचन मिति तय गर्न अनुरोध गरिएको छ ।

साथै, राष्ट्रिय खेलकुद परिषद्‌ले मिति एन्फा विधानमा आवश्यक संशोधन गरी स्वीकृत गरेको विधान तथा प्रचलित कानुनअनुसार साधारण सभा र निर्वाचन सम्पन्न गर्न दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न उनीहरूको माग छ।

पत्रमार्फत हाल सार्वजनिक गरिएको निर्वाचन तालिका र सम्पूर्ण निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्न पनि अनुरोध गरिएको छ। तल्लो तहका सदस्यहरूको अधिकार सुरक्षित गर्न, मताधिकार हनन हुन नदिन र भविष्यमा गलत नजिर नबसाल्न सर्वमान्य साधारण सभा आवश्यक रहेको उनीहरूको भनाइ छ।

नेपाली फुटबललाई सही दिशातर्फ लैजान दक्ष र योग्य व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्नु सबै नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै, वर्तमान परिस्थितिबाट एन्फालाई निकास दिन संयुक्त पहल आवश्यक रहेको उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...