मुख्य समाचार
अमेरिकामा सरकारी अधिकारीको गोली प्रहारबाट एक महिलाको मृत्यु
अमेरिकामा सरकारी अधिकारीको गोली प्रहारबाट एक महिलाको मृत्यु

। अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ ।

दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस घटनाले ट्रम्पका संघीय अधिकारी र स्थानीय अधिकारीहरूबीच ठूलो विवाद निम्त्याएको छ।

राष्ट्रपति ट्रम्प र सरकारी अधिकारीहरूले भनेअनुसार ती महिलाले अधिकारीहरूमाथि नै गाडी चढाउने प्रयास गरेकी थिइन् । त्यसैले आत्मरक्षाका लागि गोली चलाउनु परेको अधिकारीहरुको भनाइ छ ।

यद्यपि, स्थानीय नेताहरूले भिडियो फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा यो दाबीलाई खारेज गर्दै स्वतन्त्र छानबिनको माग गरेका छन्।

गोली प्रहार बुधबार, ७ जनवरीको बिहान करिब साढे ९ बजे ईस्ट ३४औँ स्ट्रिट र पोर्टल्यान्ड एभिन्यु नजिकै भएको थियो। मृत महिला रेनी निकोल गुड रहेको खुलेको छ । मिनियापोलिस प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको थियो र अस्पताल पुर्‍याउनासाथ उनलाई मृत घोषित गरियो।

आईसले जारी गरेको बयानमा भनिएको छ, ‘अधिकारीहरूले आप्रवासी लक्षित अभियान चलाइरहेका बेला प्रदर्शनकारीहरूले उनीहरूलाई रोके। यी मध्ये एक हिंसक प्रदर्शनकारीले हाम्रा कानुन प्रवर्तन अधिकारीलाई मार्ने र गाडीले कुल्चिने प्रयास गरिन्, यो एक ‘घरेलु आतंकवाद’ हो।’

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई ‘घरेलु आतंकवादी हमला’ को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, ‘इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।’
ट्रम्पको प्रतिक्रिया र भाइरल भिडियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले आईस अधिकारीको बचाउ गर्दै ती महिलाले जानीजानी अधिकारीलाई निसाना बनाएको दाबी गरेका छन्। घटनाको भिडियो हेरेपछि ट्रम्पले भने, ‘भिडियो निकै डरलाग्दो छ,’ । ट्रम्पले आफ्ना अधिकारीको कदमलाई सही ठहर्‍याएका छन् ।

घटनापछि सयौँ मानिसहरू घटनास्थलमा भेला भएर आईसविरुद्ध नाराबाजी गरेका छन्। साँझमा मृतकको सम्झनामा शोक सभा आयोजना गरियो, जहाँ मानिसहरूले आप्रवासन एजेन्सीहरूको विरोध गरे।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले घटनालाई ‘घरेलु आतंकवादी हमला’ को संज्ञा दिएकी छिन्। तर, मिनेसोटाका मेयर ज्याकब फ्रेले प्रेस सम्मेलन गर्दै सरकारको दाबीलाई पूर्ण रूपमा खारेज गरिदिए। उनले भने, ‘इमिग्रेशन अधिकारीहरूले सहरमा अराजकता फैलाइरहेका छन्।’

मेयर फ्रेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी आईसले तुरुन्तै यो सहर र राज्य छोडोस् भन्ने चाहन्छौं । हामी हाम्रा आप्रवासी र शरणार्थी समुदायको साथमा छौँ।’

उनले सुरक्षाको नाममा परिवारहरू तोड्ने र मानिस मार्ने काम भइरहेको बताए।

भिडियोमा के देखिन्छ?

सीएनएको रिपोर्ट अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक आईस अधिकारी सडकको बिचमा रोकिएको गाडी नजिकै जान्छन् र चालकलाई ढोका खोल्न भन्छन्। त्यति नै बेला गाडी अगाडि बढ्छ र अगाडि उभिएका अर्का आईस अधिकारीले तुरुन्तै बन्दुक निकालेर निकै नजिकबाट कम्तीमा दुई गोली चलाउँछन्।

गाडीले अधिकारीलाई ठक्कर दिएको थियो वा थिएन भन्ने कुरा भिडियोमा प्रस्ट छैन। गोली लागेपछि नजिकैका दुईवटा गाडीमा ठोक्किएर रोकिएको थियो।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम