मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ
राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । नेटो सदस्य डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसले जनाएको छ ।

डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफुलाई मान्य नहुने बताउँदै आएको छ । ‘अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्छ भने दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था नै समाप्त हुनेछ,’ सोमबार डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्कको टेलिभिजनमा अन्तर्वार्ता दिदैं भनेकी थिइन् । त्यसको केही समयपछि डेनमार्कको समर्थनमा युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

जवाफमा ह्वाइट हाउसले मंगलबार भनेको छ, 'राष्ट्रपति र उनको टोलीले यो महत्त्वपूर्ण विदेश नीति लक्ष्यलाई पछ्याउन विभिन्न विकल्पहरूको बारेमा छलफल गरिरहेका छन्, र अवश्य पनि, अमेरिकी सेनाको प्रयोग गर्नु सधैं कमाण्डर-इन-चीफको अधिकारमा रहेको विकल्प हो।'

नाटो एक ट्रान्स-एट्लान्टिक सैन्य समूह हो । यस समुहमा कुनै एक राष्ट्रमाथि बाहिरी राष्ट्रले आक्रमण गरेमा सबैले मिलेर प्रतिवाद गर्छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार क्यापिटल हिलमा आयोजित सांसदहरूसँगको छलफलमा ग्रिल्याण्डमा आक्रमण गर्ने योजना सरकारले नबनाएको बताए । तर उनले डेनमार्कबाट टापु किन्ने कुरा दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम