मुख्य समाचार
गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन
गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन

— प्रयोगशाला परीक्षणमा गुणस्तर नपुगेको भेटिएपछि औषधि व्यवस्था विभाग (डीडीए) ले तेस्रो पुस्ताको एन्टिबायोटिक लेभोफ्लक्स–५०० ट्याब्लेटलाई बजारबाट फिर्ता मगाउन निर्देशन दिएको छ ।

बारामा रहेको म्याग्नस फार्मा प्रा. लि. ले उत्पादन गरेको बीबी२४००१ ब्याच को औषधि आईपी२०२२ मापदण्डअनुसार घुलनशीलता परीक्षणमा असफल भएको विभागले जनाएको छ ।

शुक्रबार फिर्ता गर्न निर्देशन दिइएको लेभोफ्लक्सको नमूना सन् २०२५, फेब्रुअरीमा औषधि निरीक्षकहरूले संकलन गरेका थिए । तर विभागको प्रयोगशालाले औषधि गुणस्तरहीन भएको प्रतिवेदन सार्वजनिक गर्न झन्डै एक वर्ष लगाएको छ। औषधिहरू अझै बजारमा छन् वा पहिले नै बिक्री भइसकेका छन् भन्नेमा अधिकारीहरू निश्चित छैनन्।

विभागका अधिकारीहरूका अनुसार जनशक्ति अभावका कारण फिर्ता गरिएका सबै औषधि बजारबाट फिर्ता भएको/नभएको निगरानी गर्न सकिएको छैन। हाल करिब २० जना औषधि निरीक्षक ले देशभर सञ्चालनमा रहेका करिब २५ हजार फार्मेसी निरीक्षण गर्नुपर्ने अवस्था छ।

'औषधि पहिले नै बिक्री भइसकेको हुन सक्छ र बिरामीहरूले गुणस्तरहीन मात्रा सेवन गरिसकेका हुन सक्छन्, विभागका महानिर्देशक नारायण ढकालले भने ‘धेरैजसो अवस्थामा नमूना संकलनपछि परीक्षण प्रतिवेदन आउन महिनौँ लाग्छ।'

'गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्नु हाम्रो दायित्व हो,' ढकालले थपे, 'औषधिको गुणस्तर सुनिश्चित गर्न, जोखिम न्यूनीकरण गर्न र उत्पादकलाई जवाफदेही बनाउन यो कदम चालिएको हो।'

अधिकारीहरूका अनुसार म्याग्नस फार्मा प्रा. लि. सँग गुणस्तर परीक्षणमा औषधि असफल हुनुको कारण र फिर्ता गरिएको ब्याचको अवस्थाबारे छानबिन प्रतिवेदन मागिनेछ।

विशेषज्ञहरूले गुणस्तरहीन औषधिको प्रतिवेदन आउन महिनौँ वा वर्षौँ लाग्दा बिरामीको स्वास्थ्य जोखिममा पर्नसक्ने खतरा औल्याएका छन् । 'यदि बिरामीहरूले गुणस्तरहीन औषधि सेवन गरे भने उनीहरूको स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्छ,' नाम उल्लेख नगर्ने सर्तमा विभागका एक पूर्व अधिकारीले भने। 'गुणस्तरहीन औषधिले बिरामीको अवस्था झन बिगार्न सक्छ र केही अवस्थामा मृत्यु समेत हुन सक्छ।'

लेभोफ्लोक्सासिन समेत भनिने लेभोफ्लक्स ५०० मिलिग्राम, तेस्रो पुस्ताको एन्टिबायोटिक हो । यो ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण, मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग गरिन्छ ।

एलोप्याथिक तथा आयुर्वेदिक दुवै प्रकारका औषधिको राष्ट्रिय नियामक निकाय औषधि व्यवस्था विभागले देशभरका फार्मेसीबाट नियमित रूपमा औषधिको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । ‘प्रारम्भ नेपाल’ सामाजिक संस्थाले पीपीई, एयर फिल्टर मास्क, फिनेल र ब्लिचलगायतका सामग्री हस्तान्तरण गरेको हो । शव व्यवस्थापनमा आवश्यक स्वास्थ्य तथा सुरक्षासम्बन्धी सामग्रीको अभाव देखिएको जानकारी प्राप्त भएपछि यस्ता सामग्र उपलब्ध गराइएको प्रारम्भ नेपालकी अध्यक्ष ...
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...