मुख्य समाचार
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमालेबाट संयुक्त तीनजनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमालेबाट संयुक्त तीनजनाको उम्मेदवारी

: राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमालेबाट संयुक्त तीनजनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेसबाट चन्द्रबहादुर केसी,बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट रामकुमारी झाक्रीको उम्मेदवारी परेको हो ।




आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको लमही नगरपालिका-२ निवासी घिमिरेले अपाङ्ग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहेका छन् ।


गुल्मी रेसुङ्गा नगरपालिका-३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत,झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमा कुमारी डिसी रहेका छन् । उम्मेदवारी दर्ताका लागि कांग्रेस-एमालेका संयुक्त उम्मेदवारहरू र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । नेकपाका उम्मेदवार भने मनोनयनको तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको ...
। नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्वअध्यक्ष इञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहीबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषा सबैला–६ निवासी यादव नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्र निर्वाचन आयोग पुगेको छ । पार्टीको विधान १७ (२)अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्न/गराउन पार्टी नेतृत्वलाई निर्देशन दिनू भन्दै पत्र प्राप्त भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे । विशेष पक्षधरले निर्वाचन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम