मुख्य समाचार
सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा राजेन्द्रलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन
सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा राजेन्द्रलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन

: नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा राजेन्द्रलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ । पार्टीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका– ४, कुबिण्डेका सापकोटालाई उम्मेदवार बनाएको हो ।

जनयुद्धकालमा भूमिगत हुँदै सैन्य तथा राजनीतिक दुवै फाँटमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएललगायत पार्टीका विभिन्न मोर्चा तथा केन्द्रमा सक्रिय रहँदै आएको नेकपाका नेता अग्नीप्रसाद सापकोटाले बताए ।


‘सादगी जीवनशैलीका लागि परिचित उनी पार्टीभित्र अनुशासित र जनमुखी नेताका रूपमा चिनिन्छन्’,सापकोटाले भने । उनको उम्मेदवारी बुधबार बिहान औपचारिक रूपमा टुंगो लागेपछि मनोनयन दर्ताका लागि हेटौंडा प्रस्थान गरेका छन् ।



नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई उम्मेदवारीको टिकट हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको ...
। नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्वअध्यक्ष इञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहीबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषा सबैला–६ निवासी यादव नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम