मुख्य समाचार
ओलीले आगामी निर्वाचनका लागि अहिले प्रोजेक्ट गरिएका मान्छेहरू देख्दा आश्चर्य लागेको बताए
ओलीले आगामी निर्वाचनका लागि अहिले प्रोजेक्ट गरिएका मान्छेहरू देख्दा आश्चर्य लागेको बताए

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि अहिले प्रोजेक्ट गरिएका मान्छेहरू देख्दा आश्चर्य लागेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू देश चलाउँछन् कि हल्ला गर्छन् भनी प्रश्न गरेका छन्।

'देश र राजनीतिलाई मजाक बनाइएको छ। राजनीतिलाई निषेध गर्ने, राजनीतिक दललाई निषेध गर्ने अनि उम्मेदवार हुन मन नगर्नेहरूलाई सडकबाट दर्खास्त हाल्न लगाउने। अनि, झोला भरिएका कि मस्तिष्क भरिएका मान्छे आउलान्? देश चलाउने मान्छे आउलान् कि हल्ला गर्ने मान्छे आउलान्? सत्य बोल्ने मान्छे आउलान् कि झुट प्रचार गर्ने मान्छे आउलान्? अहिले प्रोजेक्ट गरिएका मान्छेहरू हेर्दा आश्चर्य लाग्छ,' उनले प्रश्न गरे, 'योभन्दा दुर्गति देशको के हुन्छ? यस्तो मजाक देशसँग गरिन्छ? यस्तो खेलवाड देशको भविष्यसँग गरिन्छ?'


अध्यक्ष ओलीले यसतर्फ नेपालका सञ्चारमाध्यम र बौद्धिक वर्ग पनि त्यति सजग देखिएको आरोप लगाए। उनले बौद्धिक वर्गहरूलाई भावना बगेको बताए। 'बौद्धिक वर्ग सजग हुनुपर्नेमा भावनामा बगेको देखिन्छ,' उनले भने।



उनले भदौ २३ गतेको आन्दोलन उपस्थितिको उपज नभएको बताए। त्यसका लागि ८-१० वर्षदेखि तयारी गरिएको उनको आरोप छ। 'भदौ २३ गतेको घटना तत्कालीन परिस्थितिको उपज होइन। ८-१० वर्षदेखिको तयारी हो,' उनले भने, 'म बिना संकोच भन्न चाहन्छु, देश जलाउनेहरू देशद्रोहीहरू हुन्। अपराधिहरू हुन्। कुनै आन्दोलनकारी होइन।'

उनले आफूले जेनजीलाई कुनै आरोप नलाएको स्पष्ट पनि पारे। 'यो जेनजीले जलाएको होइन। घुसपैठियाले जलाएको हो। बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका, आत्मा बेचिएका तत्त्वहरूले देश जलाएका हुन्। यो नेपाली अभ्यास होइन। नेपाली आचरण पनि होइन। यति देशद्रोही काम कसले गर्छ?,' उनले प्रश्न गरे। उनले संसद, सरकारको मुख्यालय, सर्वोच्च अदालत छानी छानी लगाएको आरोप लगाए। खास मान्छेका मिसिल ताकेरै जलाइएको उनको आरोप छ।

'बिना प्लानिङ त्यस्तो हुन्छ। गुगलबाट लोकेट गरिएको छ। यो कुरा गोप्य छैन। यति निर्भय भएर गरिएको छ। स्पेशल प्रोटेक्सन दिइएको छ। सेल्फी खिचिएको छ। त्यसमा खेलाडी र कलाकारहरू पनि थिए सुन्दा कठै बुद्धि,' उनले भने। उनले ती घटनाहरूलाई आफूले बिर्सिन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । २३ र २४ भदौको घटनाका बारेमा अनुसन्धान गरिरहेको आयोगले बुधबार कार्यालयमै लामिछानेलाई बोलाएर बयान लिएको स्रोतले जानकारी दियो । ‘रवि लामिछानेजी १ बजेतिर बयानका लागि आउनुभएको थियो । करिब डेढ घन्टा बयान दिनुभयो,’ स्रोतले अनलाइनखबरसँग भन्यो । जेनजी आन्दोलनका क्रममा लामिछानेको ...
। कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद्धान्त,’ घिसिङले भने, ‘कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठूलो हुन्छ जनता ।’ उनले राजीनामा दिनुको निर्णय भाग्ने र जिम्मेवारीबाट विमुख हुने नभएको पनि दाबी गरे । ‘मैले दिएको ...
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको ...
। नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्वअध्यक्ष इञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहीबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषा सबैला–६ निवासी यादव नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम