मुख्य समाचार
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय

: नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको हो।


तालमेलपछि क्लष्टरसहित उम्मेदवारको चयन बुधबार बस्ने बैठकले तय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए। कार्यसम्पादन समितिको बैठक बुधबार ९ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको दोहोर्‍याएका छन् । उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति कार्यान्वयनमा नआएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको ...
। नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्वअध्यक्ष इञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बिहीबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । धनुषा सबैला–६ निवासी यादव नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेश समिति सदस्य र भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य ...
। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्र निर्वाचन आयोग पुगेको छ । पार्टीको विधान १७ (२)अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्न/गराउन पार्टी नेतृत्वलाई निर्देशन दिनू भन्दै पत्र प्राप्त भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे । विशेष पक्षधरले निर्वाचन ...
। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा ...
। यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएकाहरुमाथि आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । हिजो सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । आज ती उम्मेदवारी उपर उजुरी परेमा यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने आयोगको कार्यतालिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम