मुख्य समाचार
ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने
ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने

: सर्वोच्च अदालतले जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य भएको स्मरण गराउँदै संविधानमा रहेको प्रावधान प्रतिकूल ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने व्याख्या गरेको छ।




पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको गरेको प्रतिनिधिसभा विघटनविरुद्धको दायर मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ। २०७७ फागुन ११ गते तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद् विघटन बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेका थिए।


‘जनताले पनि यो पाँच वर्षमा देश र जनताको हितमा स्थायी प्रकृतिका सकारात्मक कामहरू हुन्छन् भन्ने अपेक्षा राखेको हुन्छ। जनमतको कदर गर्नु जिम्मेवार राजनीतिककर्मी र जनप्रतिनिधिको कर्तव्य नै हो,’ फैसलामा भनिएको छ, ‘आफ््नो मतको सम्मान हुने गरी जनप्रतिनिधिबाट संविधानसम्मत काम हुनेछ भन्नेमा जनताले विश्वास राखेको अवस्थामा संविधानमा रहेको प्रावधान प्रतिकूल ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल हुँदैन।’



संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता र विगतको अभ्यास भन्ने कुराको आडमा प्रतिनिधिसभा विघटनको उपर्युक्त सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरिनु वर्तमान संविधानको भावना र मर्म अनुकूल देखिन नआएको फैसलामा उल्लेख छ। ‘संसदीय प्रणाली अवलम्बन गर्ने विगतका हाम्रै अभ्यासलाई हृदयंगम गरी संविधान निर्माताहरूले प्रतिनिधिसभा विघटन गर्ने सम्बन्धमा संविधानमा नै सीमा बन्देज गरिएको र संविधानमा रहेको प्रावधान प्रतिकूलका मान्यता, प्रचलनलाई अनुसरण गर्न नमिल्ने हुँदा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता र विगतको अभ्यास भन्ने कुराको आडमा प्रतिनिधिसभा विघटनको उपर्युक्त सिफारिसबमोजिम प्रतिनिधिसभा विघटन गरिनु वर्तमान संविधानको भावना र मर्म अनुकूल देखिन आएन,’ फैसलामा भनिएको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म, मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यासबमोजिम भनी प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम