: मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (HRANA) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुईजना सुरक्षा बलका सदस्य रहेको जनाएको छ।
इरानी अधिकारीहरूले भने अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्। यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन्।
बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि गरेको बीबीसीमा समाचार छ।
HRANA का अनुसार हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। २ हजार ७६ जनालाई पक्राउ गरिएको जनाइएको छ। आर्थिक संकटका कारण सुरू भएका यी विरोध प्रदर्शनहरू अहिले देशका ३१ मध्ये २७ प्रान्तमा फैलिएका छन्।
इरानमा आर्थिक संकट र असह्य महंगी बढेपछि प्रदर्शन सुरू भएको हो।