मुख्य समाचार
कांग्रेस र एमालेसँग चुनाबी गठबन्धन हुँदैन
कांग्रेस र एमालेसँग चुनाबी गठबन्धन हुँदैन

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए।

उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे। संयोजक प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट पारे। रवि लामिछानेलाई आफूले अप्ठ्यारो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा पनि दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि र बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए।


प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकता सभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे।

त्यस्तै नेकपाले राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सह-संयोजकलाई दिने निर्णय गरेको छ। पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागितामा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकले आवश्यकताका आधारमा राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सह-संयोजकलाई दिने निर्णय गरेको नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए।

सम्मानजनक सहमति भए कांग्रेस, एमाले र मधेश केन्द्रित दलसहित राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने निष्कर्ष बैठकले निकालेको उनले बताए। ज्वालाले राष्ट्रियसभामा मतभारको अवस्थाका आधारमा पार्टीले पाउनुपर्ने संख्यामा सहमति गरेर जान नेतृत्वलाई सुझाव दिइएको उल्लेख गरे।

प्रतिनिधिसभा निर्वाचनका लागि भने आफ्नै पहिचानमा लड्ने तयारमा पार्टी रहेको उनले बताए। बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना तयार गर्ने र पुस २९ नै केन्द्रीय समितिको सपथ ग्रहणसहितको पहिलो बैठक बस्ने निर्णय गरेको ज्वालाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम