मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी

: भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी अदालतमा आफूलाई अपहरण गरेर ल्याइएको दाबी गरेका छन्। उनले आफू अझै पनि भेनेजुएलाको वैध राष्ट्रपति भएको र सबै आरोपहरू निराधार रहेको बताएका छन्।


न्यूयोर्क सहरस्थित संघीय अदालतमा सोमबार उपस्थित हुँदा न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मादुरोले स्पेनी भाषामा भने, हो, म निकोलस मादुरो हुँ। म भेनेजुएला गणराज्यको राष्ट्रपति हुँ। मलाई जनवरी ३ देखि अपहरण गरेर यहाँ ल्याइएको हो। मलाई काराकासस्थित मेरो घरबाट जबरजस्ती लगिएको थियो।'


न्यायाधीशले भने उनको दोष वा निर्दोषबारे निर्णय गर्न समय र प्रक्रिया तोकिने स्पष्ट पार्दै बयान छोट्याएका थिए।

करिब ४० मिनेट चलेको सुनुवाइका क्रममा मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसले आफूहरूमाथि लगाइएका लागूऔषध र हतियारसम्बन्धी सबै आरोप अस्वीकार गरे। 'म निर्दोष छु। म सभ्य व्यक्ति हुँ,' मादुरोले अदालतमा भने। फ्लोरेसले पनि आफू 'पूर्ण रूपमा निर्दोष'रहेको बताइन्।

६३ वर्षीय मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले शनिबार भेनेजुएलामा गरिएको अचानक सैन्य कारबाहीका क्रममा पक्राउ गरेको थियो। उक्त कारबाही रातारात सञ्चालन गरिएको र विभिन्न सैन्य अड्डाहरूमा आक्रमण भएको बताइएको छ। पक्राउपछि दुवैलाई न्यूयोर्कस्थित जेलमा राखिएको छ।

सुनुवाइका क्रममा मादुरो र फ्लोरेस नीलो र सुन्तला रंगको जेल पोशाकमा देखिएका थिए। उनीहरूले स्पेनी अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए। मादुरोले अदालतमा पहेंलो कानुनी प्याडमा नोटहरू लिइरहेको देखिन्थ्यो।

सुनुवाइको अन्त्यतिर दर्शकदीर्घाबाट एक व्यक्तिले मादुरोविरुद्ध नाराबाजी गरेपछि मादुरोले जवाफ दिँदै आफू 'अपहरणमा परेको राष्ट्रपति र युद्धबन्दी' भएको बताएका थिए। त्यसपछि सुरक्षाकर्मीहरूले ती व्यक्तिलाई अदालतबाट बाहिर निकालेका थिए।

अमेरिकी सैन्य आक्रमणका क्रममा काराकासस्थित मादुरोको पारिवारिक घरमा समेत क्षति पुगेको जनाइएको छ। मादुरोकी श्रीमती फ्लोरेसको आँखाको वरिपरि चोटपटक देखिएको छ। जुन गिरफ्तारीका क्रममा लागेको उनका वकिलहरूले बताएका छन्। वकिलहरूले अदालतसँग उचित स्वास्थ्य सुविधा उपलब्ध गराउन माग गरेका छन्।

अमेरिकाले मादुरोमाथि लागूऔषध–आतंकवादको षड्यन्त्र, कोकेन आयात गर्ने षड्यन्त्र तथा मेसिनगन र विनाशकारी हतियार राख्ने आरोप लगाएको छ। यस मुद्दामा मादुरोकी श्रीमती,छोरा र अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ। अदालतले मुद्दाको अर्को सुनुवाइ मार्च १७ मा तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम