मुख्य समाचार
कांग्रेसका विभिन्न पाँच प्रदेश सभापतिहरूले बैशाखमा तय भएको नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आह्वान
कांग्रेसका विभिन्न पाँच प्रदेश सभापतिहरूले बैशाखमा तय भएको नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आह्वान

: नेपाली कांग्रेसका विभिन्न पाँच प्रदेश सभापतिहरूले बैशाखमा तय भएको नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आह्वान गरेका छन्।




सोमबार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको मिति तय भएसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन्।


महाधिवेशनपूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य समयमा नै हुन नसकेकाले वैशाखमा नियमित महाधिवेशन आयोजना गर्न लागिएको उनीहरूले बताएका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरले नियमित महाधिवेशनको मिति घोषण भएको अवस्थामा विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएकाले एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र आम निर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको जानकारी दिए।



उनले संस्थागत रूपमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा कुनै व्यक्तिले गर्ने विशेष महाधिवेशनको कुनै अर्थ नरहने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे । पछिल्ला दिनमा तराई मधेशका ...
— धरानका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी प्रतिनिधिसभा चुनाव सुनसरी क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । बुधबार सामाजिक सञ्जालबाट मेयर साम्पाङले आफू सुनसरी १ बाटै उठ्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङहरुले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् । पार्टीमा आवद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी संगठन (नेपोन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले ...
— पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी ...
— धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ । सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम