मुख्य समाचार
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताए
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताए

: भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताएकी छन्। कार्यवाहक राष्ट्रपतिको रूपमा पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएर उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको विदेश नीति शान्ति र कूटनीतिक संवादमा केन्द्रित रहने स्पष्ट पारेकी हुन्।




विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग 'सन्तुलित र सम्मानजनक' सम्बन्ध विकास गर्नु सरकारको प्राथमिकता भएको बताइन्। उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रही 'सहयोगको एजेन्डा अघि बढाउन मद्दत गर्न' आमन्त्रणसमेत गरेकी छन्।


उनले भनिन्,'राष्ट्रपति डोनाल्ड ट्रम्प,हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन,शान्ति र संवादका हकदार छन्। यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश हो र अहिले सम्पूर्ण भेनेजुएलाको सन्देश बनेको छ।'



रोड्रिगेजले भेनेजुएलामा शान्ति,विकास,सार्वभौमिकता र आफ्नै भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै बाह्य हस्तक्षेप अस्वीकार्य भएको पनि बताइन्।

यसैबीच,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कडा अभिव्यक्ति दिँदै भेनेजुएलामाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरेका छन्। ट्रम्पको भनाइले दुवै देशबीचको सम्बन्ध अझै तनावपूर्ण अवस्थामा रहेको संकेत गरेको छ।

राजनीतिक अनिश्चितता र अन्तर्राष्ट्रिय दबाबका बीच कार्यवाहक राष्ट्रपति रोड्रिगेजको सहकार्य प्रस्तावलाई भेनेजुएलाले कूटनीतिक समाधानतर्फ देखाएको पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...