मुख्य समाचार
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताए
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताए

: भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संयुक्त राज्य अमेरिकासँग सहकार्य र संवादका लागि तयार रहेको बताएकी छन्। कार्यवाहक राष्ट्रपतिको रूपमा पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएर उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै भेनेजुएलाको विदेश नीति शान्ति र कूटनीतिक संवादमा केन्द्रित रहने स्पष्ट पारेकी हुन्।




विज्ञप्तिमा रोड्रिगेजले भेनेजुएला शान्तिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकासँग 'सन्तुलित र सम्मानजनक' सम्बन्ध विकास गर्नु सरकारको प्राथमिकता भएको बताइन्। उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रही 'सहयोगको एजेन्डा अघि बढाउन मद्दत गर्न' आमन्त्रणसमेत गरेकी छन्।


उनले भनिन्,'राष्ट्रपति डोनाल्ड ट्रम्प,हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन,शान्ति र संवादका हकदार छन्। यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश हो र अहिले सम्पूर्ण भेनेजुएलाको सन्देश बनेको छ।'



रोड्रिगेजले भेनेजुएलामा शान्ति,विकास,सार्वभौमिकता र आफ्नै भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै बाह्य हस्तक्षेप अस्वीकार्य भएको पनि बताइन्।

यसैबीच,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कडा अभिव्यक्ति दिँदै भेनेजुएलामाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरेका छन्। ट्रम्पको भनाइले दुवै देशबीचको सम्बन्ध अझै तनावपूर्ण अवस्थामा रहेको संकेत गरेको छ।

राजनीतिक अनिश्चितता र अन्तर्राष्ट्रिय दबाबका बीच कार्यवाहक राष्ट्रपति रोड्रिगेजको सहकार्य प्रस्तावलाई भेनेजुएलाले कूटनीतिक समाधानतर्फ देखाएको पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । नेटो सदस्य डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसले जनाएको छ । डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफुलाई मान्य नहुने बताउँदै आएको छ । ‘अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण ...
एक्समा महिला सेलेब्रिटीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भर्खरै अमेरिकाले नियन्त्रणमा लिएको भेनेजुयेलाका राष्ट्रपति निकोलस मदुरोजस्ता नेताहरूलाई समेत बिकिनी पहिर्‍याउने र अर्धनग्न तस्बिर सार्वजनिक गर्ने गरिएको छ
: मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (HRANA) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुईजना सुरक्षा बलका सदस्य रहेको जनाएको छ। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्। यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी ...
: दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भएको शिखर भेटवार्ताका अवसरमा यी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चेओङ वा डेले यसबारे जानकारी दिएको छ। १४ वटा ...
: क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम