मुख्य समाचार
सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो खुल्ला गरेको छ
सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो खुल्ला गरेको छ

— सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो सोमबार खुल्ला गरेको छ ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (केयरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाईएको थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदालाई पारित गरेको हो । अब यी दुई प्रोटोकलमा हस्ताक्षर हुने बाटो खुलेको छ ।

इजरायल र नेपालबीच भएको श्रम सम्झौता अर्न्तगत थप दुई वटा प्रोटोकल र एकको परिमार्जन हुन लागेको हो । इजरायलसँग दीर्घकालीन सेवा केन्द्र (वेताबोध)मा सहायक श्रमिक पठाउने मात्रै प्रोटोकल छ । यसलाई पनि परिमार्जन सहितको मस्यौदा पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इजरायलले पठाएको तीन वटा प्रोटोकलसम्बन्धी मस्यौदाले पूर्णता पाएको छ । एउटा अस्पताल (वेताबोध)मा रहेका वृद्धवृद्धालाई स्याहारसुसार गर्ने पहिला नै गरिएको प्रोटोकललाई थप परिमार्जन गरी आएको छ । दोस्रो कृषिका विद्यार्थीलाई रोजगारी दिने र तेस्रो घरमा नै बसेर केयरगिभरमा रोजगारी दिने हो ।

श्रम मन्त्रालयका अनुसार तीन वटै क्षेत्रमा सरकारी संयन्त्रबाटै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाइनेछ । लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल जाने कृषि विद्यार्थीलाई कृषि क्षेत्रमा नै श्रमिकको हैसियतमा काम लगाउने नेपालस्थित इजरायली दूतावासले जनाएको छ । लर्न एन्ड अर्न कार्यक्रम ११ महिनाको मात्रै हुन्छ । अहिलेसम्म इजरायलमा यो कार्यक्रमअन्तर्गत तीन हजार जना विद्यार्थी गइसकेका छन् ।


त्यस्तै, घरमा नै बसेर वृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि स्याहारसुसार गर्ने क्षेत्रमा रोजगारी दिने इजरायलले जनाएको छ । यो क्षेत्रमा २००७ देखि नै नेपाली जान थालेको थियो । त्यतिखेर काम गर्न पुगेका नेपालीले अहिले पनि घरमै काम गरिरहेको छ ।

तर म्यानपावर कम्पनीमार्फत पठाउँदा आर्थिक शोषण भएको भन्दै बन्द भएपछि नया श्रमिक जान पाएको छैन । हाल इजरायलमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । चार वर्षदेखि भने वेताबोधमा मात्रै गइरहेका छन् । एक वर्ष अगाडि वेताबोधका लागि २१ सय १२ जना छानिएका छन् । जसमध्ये ९ सय जना गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताए। ७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले ...
: सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर भएको छ। सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई तानिएको छ । घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन ...
— एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो । सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु ...
: सर्वोच्च अदालतले जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य भएको स्मरण गराउँदै संविधानमा रहेको प्रावधान प्रतिकूल ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने व्याख्या गरेको छ। पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको गरेको प्रतिनिधिसभा विघटनविरुद्धको दायर मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताए। उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम