मुख्य समाचार
नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर
नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर

— नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर गरेको छ।

विशेष अदालतले पालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्कबहादुर रोकाया, वडा ४ का तत्कालीन अध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, ईन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमसेर रोकाया दोषी ठहर भएका हुन्।

न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाँझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो । सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै अदालतले दोषी ठहर भएका सबैलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गाउँपालिका अध्यक्षसहित ५ जना र सोही ऐनको दफा २२ बमोजिम मतियारको रूपमा उपझोक्ता समिति अध्यक्ष शमसेर रोकायालाई समान सजाय सुनाइएको हो।
बहसका त्रममा प्रतिवादीहरूले कागजात ‘भुलवस’ तयार भएको र पछि सच्याइएकाले भ्रष्टाचारको नियत नरहेको दाबी गरेका थिए। तर, विशेष अदालतले योजना नै नभएको स्थानमा सम्झौता गर्ने, अनुगमन प्रतिवेदन बनाउने र चेक काट्नेसम्मको कार्यलाई भुलवस भन्न नसकिने ठहर गरेको छ।

फैसलामा अदालतले भनेको छ, ‘विभिन्न तहगत प्रक्रियाबाट योजना नै नभएको ठाउँमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाइनु भुलवस भएको मान्न मिल्दैन। बहु व्यक्तिहरूको संलग्नतामा भएको यस्तो कार्य योजनाबद्ध देखिन्छ ।’ यो मुद्दामा अर्का प्रतिवादी मदनराज जोशीले भने सफाइ पाएका छन्।

उनीहरुले सिल्का घट्ट सिँचाई कुलो निमार्णमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी कार्य सम्पन गरेका थिए। अघिल्लो वर्ष गरेको कामलाई देखाएर आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी नक्कली कागजातका आधारमा भुक्तानी लिई अनियमितता परेको पाइएको अख्तियारले जनाएको छ। उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै अख्तियारमा मुद्दा दायर गरेको थियो।

यो विषयमा २०७८ असार २८ गते कीर्ते योजना बनाएर रकम भुक्तानी शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित भए पछि यो विषयमा अख्तियारले छानबिन थालेको थियो ।

जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरूको मिलेमतोमा उपभोक्ता समिति मात्रै नभई कीर्ते अनुगमन प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन बनाई हुँदै नभएको योजना भुक्तानी गरिएको विषयमा कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । उक्त घटनापछि गाउँपालिकाले भुक्तानीका लागि काटिएको चेक रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताए। ७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले ...
: सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर भएको छ। सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई तानिएको छ । घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन ...
— एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो । सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु ...
: सर्वोच्च अदालतले जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य भएको स्मरण गराउँदै संविधानमा रहेको प्रावधान प्रतिकूल ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने व्याख्या गरेको छ। पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको गरेको प्रतिनिधिसभा विघटनविरुद्धको दायर मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताए। उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम