मुख्य समाचार
२४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्
२४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्

— जेन–जी आन्दोलनका क्रममा २४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्। २४ भदौमा केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार ललितपुर, झुम्का कारागार सुनसरीसहित २८ कारागार र बालसुधारगृहबाट भागेकामध्ये एक तिहाई कैदीबन्दी अझै फरार छन्।

फरारमध्ये १ हजार बढी कैदीबन्दी विदेशी नागरिक हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न कारागार, बन्दी/सुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरीका हिरासत कक्षहरुबाट १४ हजार ५ सय ५५ कैदीबन्दी र थुनुवा भागेका थिए। त्यसमध्ये १० हजार १३ जना मात्रै पक्राउ परेका छन्। भागेकामध्ये केहीबाहेक अधिकांश विदेशी कैदीबन्दी फरार छन्। यसमध्ये केही आफैं कारागार फर्किएका हुन्। भागेका कैदीबन्दी फिर्ता हुन कारागार व्यवस्थापन विभागले १० असोजमा देशभरका जिल्ला प्रशासनलाई सर्कुलर गर्दै ‘अल्टिमेटम’ नै दिएको थियो। भागेका कैदीबन्दी २० असोजभित्र फिर्ता नआए थप सजायको भागिदार हुने चेतावनी दिएको थियो।प्रहरीका हिरासत कक्षहरुबाट १४ हजार ५ सय ५५ कैदीबन्दी र थुनुवा भागेका थिए। त्यसमध्ये १० हजार १३ जना मात्रै पक्राउ परेका छन्।

विभागले जिल्ला–जिल्लामा जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी खोजी तथा पक्राउ गर्न कारागार व्यवस्थापन विभागले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले पनि आ–आफ्ना संयन्त्रलाई फरार कैदीबन्दीको खोजीमा परिचालन गरेको थियो।

२४ भदौभन्दा अघिको अभिलेखअनुसार फर्की आएका र आउन बाँकी कैदीबन्दीहरुको अभिलेख अद्यावधिक गर्दै लैजाने, कारागार फर्किन कैदीबन्दीहरुलाई २० असोजभित्र कारागार फिर्ता हुन अपिल गर्ने र नभए कानुन अनुसार कारबाही हुने, त्यसका लागि शिघ्र सूचना प्रकाशन/प्रसारण गर्ने, फिर्ता हुन बाकी कैदीबन्दीहरुको विवरण अद्यावधिक गर्दै अरु जिल्ला–जिल्लामा गठित कार्यदललाई पनि पठाउने, खोजतलासका लागि सहज बनाउन विद्यालय/विश्वविद्यालय, टोल, क्लब, सार्वजनिक सवारी साधन, बसपार्क, मनोरञ्जनस्थल, सीमा नाका तथा आवश्यक देखिएका अन्य स्थानमा भागेका कैदीबन्दीको नामावली पठाउनुपर्ने गरी कार्यदेश तोकेको थियो। त्यसपछि चलाइएको अपरेसनका क्रममा करीब ४ हजार पक्राउ परेका हुन्। अपरेसन चलाउनु अघि करीब ६ हजार कैदीबन्दी नियन्त्रणमा लिइएकोमा कोही पक्राउ परेका र कोही आफैं कारागार फर्किएका थिए। हालसम्म २ तिहाई कैदीबन्दीलाई मात्रै कारागार फिर्ता गराइएको गृह मन्त्रालयले जनाएको छ।

फरार भएकामध्ये करिब १ हजार कैदीबन्दी विदेशी नागरिक हुन्। हत्या, बलात्कार, लुटपाट, बैंकिङ कसुर, सहकारी ठगी, वन्यजन्तु तस्करी, ठगी, भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर, अदालतको आदेशमा पुर्पक्षका क्रममा भएका र अनुसन्धानका क्रममा रहेका छन्। भागेका कैदीबन्दी भारततर्फ भाग्नसक्ने जोखिम औंल्याउँदै सुरक्षा निकायहरुले सीमा नाकामा पनि कडाई गरेपनि साढे ५ हजार अझै जेल बाहिरै छन्। २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि फरार कैदीबन्दी सुरक्षा चुनौतीका रूपमा रहने जोखिम सुरक्षा निकायहरुले आ–आफ्ना सुरक्षा प्रतिवेदनमा उल्लेख गरेका छन्। राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति, सुरक्षा निकायका आ–आफ्ना आन्तरिक बैठक, प्रदेश सुरक्षा गोष्ठि, जिल्ला सुरक्षा समितिलगायत संयन्त्रका बैठकमा पनि फरार कैदीबन्दीलाई ‘सुरक्षा चुनौती’का रूपमा राखिएको र अझै पनि यो जोखिमकै रूपमा रहेको गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ।

२३ भदौको जेन–जी आन्दोलनमा भएको दमनको विरोधमा २४ भदौमा देशभर सरकारविरोधी प्रदर्शन भएको थियो। त्यस क्रममा प्रदर्शन भड्किएर हिंसाको रूप लिदा प्रहरी ब्यारेक/कार्यालय नै जलाइएका थिए। प्रहरीका इन्सास, एसएलआर र पेस्तोलसहितका १२ सयभन्दा बढी हतियार लुटिएका थिए। ती हतियारका करिब १ लाख राउन्ड गोली पनि प्रहरी अभिलेखबाट हराएका थिए। हराएका हतियार र गोलीगठ्ठा तथा कैदीबन्दीको आडमा गिरोहले मुलुकमा सशस्त्र समूहको उदय गराउन सक्ने जोखिम पनि प्रहरीले औंल्याएको थियो। आसन्न निर्वाचनमा पनि जेन–जी आन्दोलनमा भागेका कैदीबन्दी र लुटिएका हतियारको आडमा आपराधिक गतिविधि हुनसक्ने जोखिम छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर भएको छ। सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई तानिएको छ । घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन ...
— एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो । सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु ...
: सर्वोच्च अदालतले जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य भएको स्मरण गराउँदै संविधानमा रहेको प्रावधान प्रतिकूल ताजा जनादेश भनी असामयिक रूपमा प्रतिनिधिसभा विघटन गर्नु संविधान अनुकूल नहुने व्याख्या गरेको छ। पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको गरेको प्रतिनिधिसभा विघटनविरुद्धको दायर मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताए। उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको ...
: नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केही समयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजोको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ। आजको बैठकले उम्मेदवारको नामावली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम