मुख्य समाचार
प्रहरीलाई नै घिसारेर फरार भएका चालकलाई ज्यान मार्ने उद्योगमा र सवारीधनीलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता
प्रहरीलाई नै घिसारेर फरार भएका चालकलाई ज्यान मार्ने उद्योगमा र सवारीधनीलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता

— हेटौंडाको नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको कारलाई ट्राफिक प्रहरीले मापसे जाँच गर्ने क्रममा प्रहरीलाई नै घिसारेर फरार भएका चालकलाई ज्यान मार्ने उद्योगमा र सवारीधनीलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको छ।

कारचालक हेटौंडा उपमहानगरपालिका-५ गर्दोईका ४६ वर्षीय वासुदेव आचार्यलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

कारधनी हेटौंडा-१९ की ४३ वर्षीया राधिका विकलाई अभद्र व्यवहार कसुरको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए। कारधनी विकले घटनामा संलग्न कार र चालकलाई भगाउन सहयोग गरेको प्रहरीको आरोप छ । चालक आचार्य र कारधनी विकलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।

हेटौंडा–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक कार्यालयको टोलीले शुक्रबार राति कार रोकेर ब्रेथलाईजर मेसिनबाट मापसे जाँच गर्न लाग्दा चालकले एक्कासी सिसा बन्द गरेर प्रहरीलाई १० मिटर परसम्म सडकमा घिसारेर भागेका थिए। कारले सडकमा घिसारेर लैजाँदा प्रहरीको टाउको, हात र खुट्टामा चोट लागेको थियो। प्रहरीको टाउकोमा १८ वटा टाका लगाइएको छ। उनको उपचार हेटौंडास्थित सहकारी अस्पतालमा भइरहेको छ।

जाँच गर्न खोज्दा प्रहरीलाई घाइते बनाउने कारको खोजतलास गर्ने क्रममा शनिबार चितवन भरतपुरबाट बा ६ च ८४०९ नम्बरको ब्रेथलाईजर मेसिनसहित कार र चालक आचार्यलाई पक्राउ गरिएको थियो । कारधनी विकलाई घरबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । चालकले ब्रेथलाईजर मेसिनसहित कार भगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम