मुख्य समाचार
कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा रणनीतिक तालमेल गरिए पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने
कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा रणनीतिक तालमेल गरिए पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने

— कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा रणनीतिक तालमेल गरिए पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने बताएका छन्।

प्रतिनिधिसभामा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टी महासमितिको निर्णयसमेत गठबन्धनको पक्षमा नभएको उनले बताए । सिटौलाले सोमबार पत्रकार सम्मेलनमार्फत कांग्रेसले कसैलाई भावी प्रधानमन्त्रीको रूपमा अघि अघि सार्न नखोजेको बताए। उनले भने, 'व्यक्तिको अनुहार र प्रभाव भन्दा पनि संगठनको पल र पार्टीको योगदानका आधारमा मत आउने हो। व्यक्तिलाई हेरेर होइन ।'

सिटौलाले कांग्रेस विभाजन पनि नहुने र विशेष महाधिवेशन पनि नहुने बताए। विशेष महाधिवेशन नहुने भएकाले देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउनसमेत उनले अपिल गरे । 'सबै महाधिवेशन प्रतिनिधिहरू जिल्लाको संगठन र निर्वाचनको तयारीमा लाग्नुपर्छ । तपाईँहरू काठमाडौं नआउनुहोस्,' उनले भने ।

विशेष महाधिवेशन पक्षधरमा रहेका दुई महामन्त्रीलाई लक्षित गर्दै सिटौलाले पार्टीको निर्णय मान्नुपर्ने बताए । केन्द्रीय कार्यसम्पादन समितिको गत शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय लिएको थियो।

उक्त निर्णयलाई मानेर महामन्त्रीहरू निर्वाचनको तयारीमा जानुपर्ने उनको भनाइ थियो। सिटौलाले यसअघि महामन्त्रीले केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशनको एजेन्डा नै प्रवेश नगराएको दाबी गरे। 'महामन्त्री गगन थापाले पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुभयो तर विशेष महाधिवेशनको झण्डा ल्याउनुभएन,' उनले भने । केन्द्रीय कार्यसमितिमा छलफलमै नआएको एजेन्डालाई अहिले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन भनेर लाग्न नहुने उनको भनाइ थियो

निर्वाचनमा होमिनुपर्ने बेला विशेष महाधिवेशनको कुरा गरेर पार्टीलाई थप कमजोर बनाउन नहुने उनले बताए। वर्तमान पार्टीको नेतृत्व र नीति परिवर्तन नभएसम्म महामन्त्रीहरूले चुनाव नलड्ने बताइरहेका छन् नि भन्ने प्रश्नमा सिटौलाले भने, 'चुनाव लड्ने नलड्ने उहाँहरूको व्यक्तिगत च्वाइसको कुरा । तर विशेष महाधिवेशनको औचित्य छैन भनेर पार्टीले निर्णय गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नुपर्ने महामन्त्रीहरूको दायित्व हो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजारभन्दा बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पूर्ण रूपमा पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीसहित सरकारको नयाँ संरचना तयार गरेका छन्। यसअघि रहेका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिअनुसार नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा ...
: स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद ...
: रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारी साधनबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम