मुख्य समाचार
चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन
चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन

— राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 'यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,' झाले भने ।

त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

बालेन्द्र शाह वरिष्ठ नेता
सुनिल लम्साल
भुपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
नमिता यादव
सरिता ज्ञवाली
जेम्स कार्की
सुशान्त वैदिक
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
मधुसुधन ढकाल
ओजश्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो सोमबार खुल्ला गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (केयरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाईएको थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदालाई पारित गरेको हो । अब यी ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागि यसअघि निर्धारित २७–२९ पुसको कार्यतालिका संशोधन गरी २८–३१ वैशाख २०८३ मा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गराइसकेको छ
— नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर गरेको छ। विशेष अदालतले पालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्कबहादुर रोकाया, वडा ४ ...