मुख्य समाचार
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग

— सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकमबराबरको चेक सोमबार कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

भौतिक पुनर्निर्माण कोषमा योगदान गरेकोमा सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यावाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पालमा सञ्चालित उद्योग आधाभन्दा कम क्षमता उपयोगमा सञ्चालन भइरहेको राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनले औंल्याएको छ ।
— धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको ...
— सातामा दुई दिन सोमबार र शुक्रबार काठमाडाैं-ताप्लेजुङ उडान गर्दै आएको नेपाल वायुसेवा निगमले अब बुधबार पनि उडान गर्ने भएको छ। यात्रुको चाप हेरेर सुकेटार विमानस्थलमा उडान थप गरिएको निमगको ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । निगमसँग अहिले दुई वटा ट्विनअटर जहाज चालु अवस्थामा भएकाले पनि निमगलाई उडान थप्न सहज भएको उनले बताए। अब ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेका सर्वपक्षीय राष्ट्रिय संवादमा अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय अझै पनि ओझेलमा परेको र निर्वाधरूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको ...
— नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ। उक्त विमान आइतबार राति काठमाडौंबाट नियमित उडानमार्फत दुबई पुगेको थियो भने सोमबार दिउँसो निगमका चालकदलले खाली उडानमार्फत इजरायल पुर्‍याएका हुन्। निगम र इजरायलको सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीबीच यसअघि नै न्यारोबडी विमानका इन्जिन मर्मत तथा प्रतिस्थापनसम्बन्धी सम्झौता भएको थियो। २०८० भदौमा भएको ...