मुख्य समाचार
स्रोत नखुलेको १० लाख रकमसहित पर्सामा तीन जना पक्राउ
स्रोत नखुलेको १० लाख रकमसहित पर्सामा तीन जना पक्राउ

— पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले जगरनाथपुर गाउँपालिका–३ स्थित गडैयाटोलस्थित सडकखण्डबाट तीन जना व्यक्तिबाट सो परिमाणको रकम बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २२ वर्षे पवनकुमार साह, ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो सोमबार खुल्ला गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (केयरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाईएको थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदालाई पारित गरेको हो । अब यी ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय ...
— सरकारले जेन-जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशनका लागि यसअघि निर्धारित २७–२९ पुसको कार्यतालिका संशोधन गरी २८–३१ वैशाख २०८३ मा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गराइसकेको छ
— नक्कली योजना बनाएर रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनालाई विषेश अदालत दोषी ठहर गरेको छ। विशेष अदालतले पालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्कबहादुर रोकाया, वडा ४ ...